Hamroprayas
इन्टरनेट सेवाप्रदायकलाई टिकटक बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं,कार्तिक २७
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिनुभयो ।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेको बारे मुख्यालयलाई जानकारी गराईएको जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update