Hamroprayas
टिकटक नेपालमा बन्द गर्ने  सरकारको निर्णय , कुन कुन मुलुकमा बन्द छ टिकटक ?

काठमाण्डौ,कार्तिक २७
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्री परिषद बैठकले उटिकटक बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको जनाएको छ  । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो  ।

नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,’ सञ्चारमन्त्री शर्माले बैठकपछि भन्नुभयो  । लगातार सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको पनि मन्त्री शर्माले बताउनुभयो  । सञ्चारमन्त्री शर्माका अनुसार अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर अहिले दुईथरी प्रतिक्रिया आईरहेका छन् । सकैले ठिक भनेका छन् भने कसैले नागरिको वाक स्वतन्त्रता खोसीएको बताएका छन् । 
यि हुन टिकटकमा रोक लगाइएका केही मुलुकहरू:-
भारत
भारतले सार्वभौमसत्ता र अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थाको सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमा संलग्न भएको भन्दै टिकटक र अन्य ५८ चिनियाँ एपहरूमा सन् २०२० मा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । भारत र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भएको झडपपछि सरकारले प्रतिबन्ध लगाएको हो ।
अफगानिस्तान
अफगानिस्तानमा तालिबानले तालिबानले इस्लामिक कानुनसँग मेल न खाने भन्दै अप्रिल २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
अस्ट्रेलिया
अष्ट्रेलियाले गृह विभागले उठाएको सुरक्षा चिन्तालाई उद्धृत गर्दै संघीय सरकारको स्वामित्वमा रहेका सबै उपकरणहरूमा टिकटक एपमाथि प्रतिबन्ध लगाइएको छ ।
बेल्जियम
बेल्जियमले सरकारी अधिकारीहरूको काममा प्रयोग हुने फोनबाट टिकटकलाई प्रतिबन्ध लगाएको छ ।
क्यानडा
क्यानडाले क्यानाडाले यस वर्षको फेब्रुअरीमा सबै सरकारी मोबाइल उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । एपले गोपनीयता र सुरक्षाको जोखिमको कारण देखाएको थियो ।
डेनमार्क
डेनमार्कको रक्षा मन्त्रालयले गत मार्चमा कर्मचारीहरूलाई उनीहरूको कामका उपकरणहरूमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको थियो।
न्युजिल्याण्ड
न्यूजील्याण्डको संसदले सबै कर्मचारीका उपकरणहरूमा टिकटक प्रतिबन्धको लगाएको छ ।
नर्वे
नर्वेजियन संसदले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।
अमेरिका / बेलायत
यी मुलुकहरूमा केही सरकारी डिभाइसहरुमा प्रतिबन्ध लगाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update