Hamroprayas
सहकारीले गाउँलेहरुको जीवनस्तरमा टेवा पुगेको छ -  वडा अध्यक्ष चिदी

पाल्पा,मंसिर ३
रिङसिङ्लेक सामुदायिक विकास कृषि सहकारी संस्था लिमिटेड,तिनाउ–१ ,ओखलढुंगाको ११ ओै वार्षिक साधारणसभा आईतवार ओखलढुंगा र कचलफाँटमा सम्पन्न भयो । 

सभाका प्रमुख अतिथि तिनाउ गापा,वडा नं १ का वडाध्यक्ष भुवानसिंह चिदीले गाउँमा खुलेको रिङसिङलेक कृषि सहकारीमार्फत गाउँलेहरुको जीवनोस्तरमा टेवा पुगेको बताउनुभयो । उहाँले गाउँमा मौरीपालन,पशुपालन,तरकारी खेती र अम्रिसो उत्पादनले आर्थिक उपार्जनमा सहयोग मिलेको बताउँदै सहकारीले कृषि प्राविधि एवम् आर्थिक क्षेत्रमा सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 
साथै पालिकाले कृषि उपज बिक्रीवितरण केन्द्र बुटवलमा सञ्चालन गरेको हुँदा उत्पादित कृषि उपज सोही केन्द्रमा लैजान समेत वडाध्यक्ष चिदीले किसानहरुलाई अनुरोध गर्नुभयो । 

उक्त सभामा युवा वर्ष मावि,व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर लम्तरी,ज्ञानोदय मावि,व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घर्तिमगर र बेलचौर आधारभूत विद्यालयका अध्यक्ष अमर सुनारीले रिङसिङलेक  सहकारी,गाउँमा आर्थिक परिवर्तन र सामाजिक विकासमा बरदान सावित भएको उल्लेख गर्नुभयो  । 

सभामा सहकारीका अध्यक्ष ओमबहादुर सुनारीले वार्षिक प्रगति प्रतिवेदन,चालू वर्षको योजना ,कार्यक्रमसँगै अनुमानित वजेट समेत प्रस्तुत गर्नुभएको थियो ।
 

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update