Hamroprayas
मोटरसाईकल दुर्घटना हुँदा सहकारी अभियान्ता देवकोटासहित दुई जनाको मृत्यु 

बुटवल,मंसिर ४
रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मत्यु भएको छ । सोमबार दिउसो तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाईकललाई सोही दिशामा गइरहेको ना ६ ख ८१६१ ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा तिलोत्तमा–१ का माधव देवकोटा र तिलोत्तमा–२ की यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका देवकोटा र क्षेत्रीलाई उपचारका लागि मणिग्रामस्थीत क्रिमसन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थापाले बताउनुभयो । ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

देवकोटा सहकारी अभियान्तासमेत हुनुन्थ्यो  भने तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक हुनुहुन्थ्यो  । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत रहनुभएको थियो ।

यसैबिच 

तिलोत्तमामा जारी व्यापार मेला सोमबारका लागि स्थगित भएको छ । सडक दुर्घटनामा परी निधन भएका तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार माधव देवकोटाको शोकमा मेला आजका लागि स्थगित गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका एशोसियट सदस्य किशोर पङगेनीले जानकारी दिनुभयो । संघको आकस्मिक रुपमा बसेको बैठकले देवकोटाको अकल्पनीय रुपमा भएको निधनमा गहिरो शोक व्यक्त गर्दै मेला आजका लागि स्थगित गर्ने र भोलिदेखि नियमित रुपमा मेला संचालन गर्ने निर्णय भएको सदस्य पङ्गेनीले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update