Hamroprayas

 

बुटवलमा शैलुन व्यवसाय गरिरहेकी मोनिका क्षेत्रीले ‘स्किन एण्ड हेयर लेजर क्लिनिक’ पनि संचालनमा ल्याएकी छिन् । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर संचालन गरेको यो नै पहिलो हो । आइतबार पत्रकार सम्मलेनको आयोजना गरी स्किन एण्ड हेयर लेजर क्लिनिक संचालनको सम्पूर्ण तयारी पुरा भएको र भोलि सोमबारदेखि औपचारिक रुपमा संचालनमा आउने प्रबन्धक निर्देशक मोनिका क्षेत्रीले जानकारी गराइन् ।

किल्निकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् । ‘स्किन एण्ड हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक बार गरी २ जना डाक्टर आउनु हुन्छ ।’–उनले भनिन् ।

 

 

साथै फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताइन् । यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नु धेरै राम्रो भएको बताइन् । साथै मोनिका क्षेत्री आफुले सिकाएको विद्यार्थी रहेको र आफुले सिकाएको विद्यार्थीले गरेको कामबाट धेरै खु्शि लागेको बताइन् । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले शैलुन र स्किन केयर व्युटिसियनले संचालन गर्नु धेरै राम्रो भएको बताउँदै व्यवसायीक सफलताको शुभकामना दिए ।

क्लिनिक संचालनमा आएपछि कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, ट्याटु रिमुभ ,पिको लेजर ,कपाल सम्बन्धी सम्पूर्ण रोग, लेजर सेवा तथा हाइड्रा फेसीयल, सम्पूर्ण छाला सम्बन्धी रोगहरूको उपचार हुने र यसका लागि काठमाडौँ जाने अवस्थाको अन्त्य हुने प्रबन्धक निर्देशक क्षेत्रीले जानकारी दिइन् । क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताइन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनले बताइन् ।

२०७० साल बुटवलको अमर पथमा करिब ३ लाखको लगानीमा मोनिका ब्युटि केयर एण्ड कस्मेटिक पेशा सुरु गरेकी उनले २ वर्ष अघि फागुनमा आधुनिक र स्तरिय डिजाइनसहित बुटवलको विपि चोकमा उनले आफ्नो व्यवसाय सारेकी थिइन् । बुटवलको अमर पथबाट विपि चोकमा सरेपछि मोनिका ब्युटि केयर एण्ड कस्मेटिकको नामलाई परिवर्तन गरि मोनिका युनिसेक शैलुन एण्ड एकेडेमी राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस्
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update