Hamroprayas
बीबीसी १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली

काठमाडौं,मंसिर ५ 
बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली पर्नुभएको छ । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि पर्नुभएको हो । 

प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको छ । कपाली  नेवा जातीय समूहकी सदस्य समेत रहनुभएकी ट्रान्सजेन्डर मानव अधिकारवादी अभियान्ता हुनुहुन्छ । हुर्काइका क्रममा आफ्नै लैंगिक पहिचानका विषयमा अन्जान कपालीले पछि यही विषयमा अभियान थाल्नुभएको ।  

उहाँले जेन्डर र यौनिकताका विषयमा शिक्षाको अभियान समेत चलाउनुभयो ।  किशोर उमेरदेखि नै समलैंगिक अधिकारका विषयमा कपालीले सामाजिक सञ्जालबाट शिक्षा दिन सुरु गर्नुभयो । हाल अहिले कानुन विषय अध्ययनरत कपाली नेपालमा लैंगिक अल्पसंख्यकको पक्षमा कानुन र संवैधानिक अधिकारका विषयमा काम गर्नुहुन्छ । 

यस वर्ष बीबीसी १०० प्रभावशाली महिलामा अधिवक्ता अमाल क्लुन, हलिउड अभिनेत्री अमेरिकाकी फरेरादेखि अमेरिकाकी पूर्व फर्स्ट लेडी मिशेल ओबामासमेत सामेल हुनुहुन्छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update