Hamroprayas
महिलाहरु आयआर्जन संग जोडिन आवश्यक छ – उपप्रमुख अर्याल 

बुटवल ,मंसिर ५
बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा देबि अर्यालले बुटवल नगरले सहकारीहरुमा अनुगमन गरिरहेको बताउनुएको छ । अर्यालले सहकारीको माध्यमबाट महिलाहरु आर्थिक रुपमा शसक्त बन्दै गएको बताउनुभयो । रेडियो मुक्ती बुटवलले मंगलबार आयोजना गरेको सहकारी समन्वयका लागि शिक्षा र सञ्चार बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अर्यालले सो कुरा बताउनुभएको हो । 

महिला ब्यबस्थापक भएका सहकारीमा अनियमितता नभएको बताउदै अर्यालले  सहकारीमा वचत गर्ने बानी भएका महिलाहरुलाई वचतको माध्यमबाट जिवनयापनमा सहज भएको बताउनुभयो । सहकारीका नियममा रहेर महिलाहरुले चलाएका सहकारीबाट रोजगारी सिर्जना गरेको भन्दै अर्यालले इमान्दारिताले नै महिलाहरु नेतृत्वमा पुग्न सफल भएको बताउनुभयो  । उहाँले सहकारीले गरेमा असल अभ्यास सञ्चार माध्यमलाई जानकारी दिन  आग्रह गर्नुभयो । आफ्नो कमाइ बाट बाच्न सक्ने मान्छे साच्चिकै भाग्यमानी हुने भन्दै हरेक महिला आयआर्जन संग जोडिन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा सहकारी अभियन्ता तथा लेखक दलबहादुर गुरुङले सहकारीका बर्तमान समस्या ,सहकारीको भुमिका, सहकारीमा सदस्यहरुप्रतिको बिश्वसनियता, सहकारीको सिद्धान्त, सहकारीहरु बिचको अस्वस्थ प्रतिस्पर्धा, सहकारीमा व्यवस्थापकको भूमिका लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।  ऋण खानका लागि मात्रै सदस्यता लिने प्रवृत्तिले पनि सहकारीमा समस्या सिर्जना भएको बताउदै गुरुङले कुन सदस्य साच्चिकै सहकारीलाई माथि उकास्न चाहान्छ भन्ने कुरा ठम्याउन आवश्यक रहेको बताउनुभयो । गुरुङले सहकारीमा सुशासन कमजोर हुदै गएको बताउनुभयो ।

 त्यस्तै रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारीले सहकारी र सञ्चार माध्यमको समन्वयका बिषयमा सहजिकरण गर्दै सञ्चार माध्यममा आफ्ना सहकारीले गरेका कामहरुका बिषयमा जानकरी गराउन आवश्यक रहेको बताउनुभयो ।  तालिममा सहभागीको तर्फबाट बोल्दै व्यवस्थापक भगवती ज्ञवाली , अनिता श्रेष्ठ , संचालक भगवती श्रेष्ठले अन्य कार्यक्रम भन्दा फरक शैलीको कार्यक्रम आयोजना गरेकोमा रेडियो मुक्तीलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँहरुले कार्यक्रममा सहभागी भएपछि सञ्चार माध्यममा सहकारीका गतिबिधि प्रवाह गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रमबाटै बुटवल उपमहानगरपालिका भित्र रहेका सहकारीमा आबद्ध महिला ब्यवस्थापकलाई एकजुट गराई सशक्तीकरण गर्ने उद्देश्यले कानुङ वचत तथा ऋण सहकारीका ब्यवस्थापक कुसुम पुनको संयोजकत्वमा ५ सदस्यीय सहकारी महिला व्यवस्थापक संयोजन समिति गठन गरिएको छ । जसको सदस्यमा धनवर्षा वचत ऋण सहकारीका ब्यवस्थापक रचना पन्थ, तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक आरती श्रेष्ठ,नारी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक  प्रमिला  जि सी र रारा कृषि सहकारीका व्यवस्थापक उर्मिला अर्याल रहनुभएको छ ।  हाल नेपालमा २९ हजारको हाराहारीमा सहकारी रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update