Hamroprayas
गुल्मी जिल्लाका दुई स्थानीय तहमा हरि बोधनी एकादशीमा सार्वजनिक बिदा

बुटवल,मंसिर ७
गुल्मीका दुई स्थानीय तहले हरि बोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । 

रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्। हरि बोधनी एकादशी आज तुलसीको विवाह गरेर मनाइँदै छ। रेसुंगा र गुल्मी दरबारमा एकादशीमा मेला लाग्ने भएकाले बिदा दिइएको हो।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा आज ठूलो धार्मिक मेला लागेको छ।

सार्वजनिक बिदाको कारण आज रेसुंगा र गुल्मीदरबारमा सरकारी कार्यालय, शैक्षिक संस्था बन्द छन्।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update