Hamroprayas
नेपालमै पहिलो डिडिसीको फ्रेस मिल्क प्लान्ट बुटवलमा

बुटवल,मंसिर ८
सरकारी स्वामित्वमा रहेको दुग्धविकास संस्थान(डिडिसी)को नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा आएको छ । बुटवलमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना संघीय आयोजानको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क उत्पादन सुरुवात गरिएको हो ।

शुक्रबार संघीय मन्त्रालयको पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषलाल ले फुल अटोमेटिक फ्रेस मिल्क प्लान्टको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै उनले सरकारी स्वामित्वका रहेको डिडिसीले बहुसंख्यक किसानको दुध संकलन गरी त्यसलाई बजारीकरणमा अझ बढि जोड दिनुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले जति धेरै भैंसी पालेर दुध उत्पादन गर्छन्, त्यती नै बजारीकरण हुनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । मन्त्री भुषालले किसानले उत्पादन गरेको दुध खपत गराउनेगरी सरकारले छिमेकी मुलुकसंग छलफल गरी बजारको बाटो तय गरेको बताउनुभयो ।

हामीले प्रधानमन्त्री चीन भ्रमणका बेला उनीहरुले भैंसीको मासु खरिद गर्न तयार रहेको सम्झौता पत्रमा हस्ताक्षर गर्दा दुध समेत खरिद गर्नुपर्ने आग्रह गरेका थियौं, उहाँले भने, मासु भन्दा केही कम भएपनि चीन दुध र दुग्धजन्य वस्तु खरिद गर्न समेत तयार रहेको छ ।उहाँले नेपाली किसानले मासु बेच्नका लागि मात्र भैंसी नपाल्ने जानकारी चिनीया प्रतिनिधीलाई गराएकाले उनीहरु दुध खरिद गर्न राजी भएको बताउनुभयो । मन्त्री भुषालले यो पक्ष नेपाली किसान तथा दुग्ध विकास संस्थानका लागि खुसीको पक्ष भएकाले कृषिमय देश बनाउन किसान र सरकार एक भएर लाग्नुपर्ने जनाउनुभयो । 

दुग्ध विकास संस्थानले उत्पादन भएका दुधका पदार्थ र दुध बजारमा विक्रि गर्न बजार खोज्न जरुरी रहेको बताउनुभयो । किसानको दुध खरिद गर्न डराउने, बजारीकरण पनि नगर्ने भए संस्थानको काम छैन, उहाँले भन्नुभयो, किसानको अभिभावकत्व निभाउन यस्ता संस्थाले नै बजार खोज्ने र मुल्य पाउनेगरी दुध विक्रि वितरणको वातावरण बनाउनुपर्छ ।

देशमा दुध बढी भएको छ भन्ने भ्रामिक समाचार आएको प्रति आक्रोश पोख्दै उहाँले केही व्यक्तिले निहित स्वार्थ पुरा गर्नका निम्ति यस्ता समाचार दिएको बताउनुभयो । उहाँले बाग्मीत प्रदेशको हेटौंडामा ठुलो दुध पाउडर प्लान्ट निर्माण गरी बेसिजनमा उत्पादित दुधलाई पाउडर बनाएर स्टोर गर्ने योजना बनाएको जनाउनुभयो । साथै यस्ता धेरै प्लान्ट बनाउनेगरी काम समेत भइरहेको उहाँले बताउनुभयो । भुषालले सरकारले घडेरी मुक्त क्षेत्र पत्ता लगाई त्यसमा लाखौं लाख भैंसी पाल्ने र त्यसबाट उत्पादित दुध, दुग्धजन्य पदार्थ साथै मासु निर्यात गर्नेगरी काम गरिरहेको बताउनुभयो । अहिलेपनि बाहिरबाट आउने भैंसीको मासु खपत भइरहेकाले बाहिर विक्रि गर्नेगरी बजार खोजेर बाहिरका आयातीत उत्पादन पुर्णरुपमा बन्द गर्ने उहाँको भनाई छ ।

दुग्ध विकास संस्थानका पदाधिकारी नै बाहिरबाट दुध ल्याउन दिनुपर्यो भन्दै डेलिगेशनमा जाने प्रवृत्तिले पनि देशका किसानले गरेको उत्पादनले बजार पाउन नसकेको उनले बताउनुभयो । मन्त्री भुषालले यहांका किसानले अब उत्पादन गर्न सकिंदैन भन्ने दिन आएमा मात्र बाहिरको आयात गर्ने अनुमति दिने बताउनुभयो ।एनएलएसआईपीको ३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजान बुटवलमा उक्त प्लान्ट निर्माण गरेको हो । जसको लागि चाहिने उपकरण, मेसिन, लागायतका सम्पूर्ण उपकारणहरु अनुदान सहयोगमा प्राप्त भएको हो भने डिडिसीले ५५ लाख लागतमा भवन निर्माण लागत सहभागीता गरेको छ ।

५ हजार क्षमतको पाष्चरराईजेशन मेसिन सहितको सहयोग नेपाल लाइभस्टक सेक्टर ईनोभेषन आयोजनाले गरेको हो ।
बुटवलमा निर्माण गरिएको फुल अटोमेटिक फ्रेस मिल्क प्लान्टमा दिनमा दुई व्याच सञ्चालन गर्न सकिन्छ । जसमा २०० मिलिलिटरको बोटलमा प्रतिघण्टा २ हजार ५ सय बोतल भर्न सब्क्ने क्षमता रहेको छ । कृषि तथा पशुपंक्षि मन्त्रालय अन्र्तगतको पशुसेवा विभागका महानिर्देश डा. उमेश दाहालले फ्रेस मिल्क पोडक्ट उत्पादन भएपछि यो क्षेत्रका किसानहरुको थप दुध खपत हुने अपेक्षा लिइएको बताउनुभयो ।

नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाका संघीय निर्देशक रमानन्द तिबारीले पछिल्लो समयमा कोल्ड्रीक्सको नाममा विभिन्न केमिकलजन्य बस्तु उपभोग गर्नुभन्दा फ्रेस मिल्क सेवनबाट स्वाथ्य समेत राम्रो हुने भएको कारण यसमा परियोजनाले लगानी गरेको बताउनुभयो ।नेपालमा यो भन्दा पहिला डिडिसीले सिसाको बोटलमा फ्रेस मिल्क उत्पादन गर्दै आएकोमा ढुवानीको लागि समेत सहज हुने, भएको कारण डिसिडीले पहिलो पटक प्लाष्टिकको बोतलमा फ्रेस मिल्क उत्पादन गरेको डिडीडिका महाप्रबन्धक सञ्जीव झाले जानकारी दिनुभयो । 

डिडिसी लुम्बिनी दुग्ध वितरण आयोजना प्रमुख योगेन्द्र प्रसाद शाहले यो प्लान्टको उत्पादन क्षमता अझ विस्तार गर्दै बजारीकरणमा मुख्य ध्यान दिने र विदेशमा समेत निर्यातको लागि तयारी गरिएको बताउनुभयो । 


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update