Hamroprayas
हिंसा रोक्न सामुहिक पहल आवश्यक  रहेको मन्त्री पाण्डेको भनाई

बुटवल, मंसिर ९

महिलाहरु आरक्षण मात्र नभइ प्रतिस्पर्धामा जान आवश्यक रहेको लुम्विनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले बताउनुभएको छ । लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान २०८० को सुभारम्भ तथा अन्तर सम्वाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

शाहसीक कदम नेपाल र संचारिका समुह लुम्बिनी प्रदेशको आयोजना तथा रेडियो मुक्ति , बुटवल उद्योग बाणिज्य संघ तथा बुटवलका क्रियाशिल बिभिन्न संघ संस्थाको आयोजनामा गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पाण्डे हिंसा विरुद्ध आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । उहाँले हिंसा रोक्न सामुहिक पहल आवस्यक रहेको समेत बताउनु भएको छ ।  संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । 

नेपालमा पनि ’लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।

त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालले प्रत्यक्ष निवार्चनमा महिला सहभागिता बढाउन आवस्यक रहेको बताउनुभएको छ । उहाँले उपमहानगरपालिकाले महिलालाई उद्यमशीतामा जोड्न कार्यक्रम गरिरहेको बताउनु भयो । 

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष बिमलराज भट्राई , संचारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल , बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ की जनप्रतिनिधी माया दर्नाल , ओरेक नेपाल रुपन्देही संयोजक झरना अर्याल , राधा भट्टराई , मञ्जु भुषाल , रीता सेन लगाएतले बोल्दै सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित हुनुपर्ने बताएका थिए । 

कार्यक्रमको स्वागत तथा उद्देश्यबारे मानब अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीका जिल्ला अध्यक्ष राधिका श्रेष्ठले गर्नुभएको थियो । शाहसीक कदम नेपालका अध्यक्ष आनिक  रानाको अध्यक्षता तथा रेडियो मुक्तिका समाचार प्रमुख अस्मिना पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update