Hamroprayas
बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन 

लुम्बिनी ,मंसीर १४ 
लुम्बिनी बौद्व विश्व विद्यालय ले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्व शिक्षाको महत्व  नेपालमा मात्रै नभएर विश्वभर महत्व भएको बताउनुभएको छ ।

बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताउनुभयो । बुद्ध शिक्षा मार्गदर्शक हो, यसको अनुसरण र परिपालना सबैले गर्नुपर्छ, उहाँले भन्नुभयो ।बौद्वमार्गको बिषयमा सबैले ध्यानदिन जरुरी रहेको छ रहेको भन्दै उहाँँले बौद्व शिक्षाको माध्यमबाट देशमा पर्यटकिय क्षेत्रको समेत विकास गर्न सकिने बताउनुभयो ।

एउटा राजाको सन्तानको रुपमा जन्मिएका बुद्धले मानव कल्याण र विश्वको कल्याणको लागि गरेको गृह त्याग साच्चिकै मानवले अनुशरण गर्नुपर्ने बताउनुभयो । विश्व शान्ति को लागि  विश्वको जीव रजगतको भलो हुने गरि बिकासफगर्न जरुरी रहेको बताउनुभयो । बिश्वमा २÷३ महिनामा मात्रै हजारौंले ज्यान गुमाउनु परेको बताउदै उहाँले युद्धको बाटो सहि नभएको बताउनुभयो  । नेपालले पनि द्वन्द्वको सामाना गरेको कारण अहिले पनि समस्या रहेको बताउँदै प्रदेश प्रमख शेरचनले  नेपालको  बौद्व शिक्षालाई विश्वरभर फैलाएर लाभ मात्रै नभएर पुन्य समेत कमाउन सकिने बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो  । उहाँले प्रदेशका २ लाख युवाहरुलाई रोजगारी बनाउन प्रदेश सरकारले ४ अर्ब बजेट बिनियोजन गरेको भन्दै त्यसका लागि सबै नियकाले सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो ।मन्त्री गुप्ताले बुद्ध स्थललाई शिक्षा र पर्यटकीय रुपमा विकास गरी यहाको जमिनलाई आर्थिक उपार्जनमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तरबृद्धि आवश्यक रहेको बताउनुभयो । समयमा विद्यार्थी भर्ना गरी समयमै नतिजा प्रकाशन हुनुपर्छ, उहाँले भन्नुभयो, विश्वविद्यालय प्रति अभिभावकको विश्वास टुटेको छ त्यसलाई जित्नुपर्छ ।’

उच्च शिक्षाका गुणस्तरीयता कायम गर्न यही मंसिरबाट शैक्षिक क्यालेण्डर लागू गरिएको भन्दै त्यसलाई कडाईकासाथ कार्यान्वयन गर्न उनले आग्रह गर्नुभयो । उच्च शिक्षाका लागि बिनियोजन गरिएकै बजेट कम रहेको र विश्वविद्यालयहरु बढिरहेकाले पर्याप्त बजेट उपलब्ध हुन नसकिरहेको बताउनुभयो ।बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताउनुभयो  । 

उपकुलपति बज्राचार्यले कपिलवस्तुमा त्रिपिटक पार्क निर्माण बनाउने योजना अघि बढाइएको बताउनुभयो   । उहाँले अन्र्तराष्ट्रिय विश्वविद्यालय बनाउनका लागि ट्रष्टको निर्माण गर्ने कार्य अघि बढेको सकेको बताउनुभयो   ।विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रीत बनाउने योजना अनुरुप काम भइरहेको बताउनुभयो  । सानो संरचनाबाट विश्वविद्यालय देखिने चरणमा आइपुगेको भन्दै उहाँले बौद्ध शिक्षा अध्ययनका लागि अन्र्तराष्ट्रिय केन्द्रका रुपमा स्थापित गरिने बताउनुभयो   ।

विश्वविद्यालय लुम्बिनी, बुटवल र देवदहमा फैलिइसकेको भन्दै छिट्टै कपिलवस्तु र रामग्राम क्षेत्रमा पनि उपस्थिति हुने बताउनुभयो   । भौतिक संरचना निर्माण, कर्मचारी शिक्षक व्यवस्थापनमा बजेट कम हुँदा कठिन भइरहेको भन्दै उहाँले अन्य विश्वविद्यालयलाई जस्तै गरी नहेर्ने अनुदान आयोगलाई आग्रह गर्नुभयो । विशिष्टकृत विश्वविद्यालयलाई सरकारबाट सोही अनुरुप स्रोत ब्यवस्थापन हुनुपर्ने उनको भनाई थियो ।

विश्वविद्यालयका अधिकृत चुरामणि पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा शुद्धोधन  गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद बस्याल, सम्मरीमाई गाउपालिका बिनोद कुमार श्रीवास्तव, बेल्ट एण्ड रोड इन्टरनेशनल अर्गनाइजेसनका सेक्रेटरी चु फेङले बोल्दै विश्वविद्यालयसंग सहकार्यमा अघि बढ्ने बताएका थिए ।कार्यक्रममा विश्वविद्यालयले कर्मचारीहरु सुरशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरेको छ । कार्यक्रममा सेमिनार पेपरसम्मिलित पुस्तक बिमाचन समेत गरिएको छ ।बार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बिहिबार बिहान स्वास्थ्य शिबिर आयोजना गरेको थियो । शिबिरमा करिव ३ सय जनाले सेवा लिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update