Hamroprayas

बुटवल,असोज २१
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको छ । चालू आर्थिक वर्षको कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मार्फत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल दिएको वडा अध्यक्ष गणेश पाठकले बताउनुभयो । 
आइतबार एक औपचारिक कार्यक्रमकाबीच तिलोत्तमा वडा नम्बर–६ का सबै जनप्रतिनिधी र कर्मचारी तथा स्वास्थ्य अधिकृत एबम स्वास्थ्यकर्मीको उपस्थितिमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहनको लागि साइकल हस्तान्तरण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण,वडा नम्बर–६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य नर बहादुर छन्तेल,वडा सदस्य पूर्णप्रसाद आचार्य संजय, गोबिन्द प्रसाद रिजाल, गीता गन्धर्व, सिता खनाल लगायतले साइकल हस्तान्तरण गर्नुभयो । 

साइकल हस्तान्तरण कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले स्वाथ्य स्वयम् सेविका हरुले समाजको लागि गरेको सेवाको प्रशंशा गर्दै नागरिकको स्वास्थ्य सचेतनाका लागि पुर्याएको योगदानको उच्च कदर गर्नुभएको थियो। समाजमा स्वस्थ भन्दा ठुलो केहि पनि नभएको भन्दै नगर प्रमुख खाणले सबै नागरिकहरु स्वास्थ्यका लागि जागरुक हुनुपर्ने उल्लेख गर्नुभयो ।

वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले स्वयम् सेविकाको खटाइले वडा मात्रै नभएर समग्र नगरकै नागरिक स्वास्थ्यमा चनाखो रहेको बताउनुभयो ।महिला स्वास्थ्य स्वयम् सेविकाको माग अनुसार उनीहरुलाई साइकल दिइएको वडा सचिव कृष्ण बहादुर क्षेत्रीले बताउनुभयो  । स्वास्थ्य क्षेत्रमा सुधारका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरु गाउँघरमा निःशुल्क रुपमा काम गर्दै आएका छन् । 

 

386404666_307235365371561_7409258347159626537_n1696769471.jpg

 

ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था सुधार हुनुमा उनीहरुको ठूलो भूमिका छ । गाउँघरमा डाक्टरको रुपमा परिचित महिला स्वास्थ्य स्वयम् सेविकाले नियमित खोप देखि स्वास्थ्य जनचेतनाका लागि विभिन्न कार्यहरु गर्दै आएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update