बुटवल,मंसिर १७
"वचपन गयाे,बुढेसकाल लाग्याे,जीवन आज हाे कि भाेलि" यसाे भन्दै थिए ७५ वर्षीय प्रेमबहादुर गलामी मगरले । २०७५ सालकाे चैत्र ५ गते जन्मिएका उनी १६ वर्षकाे उमेरमा हङकङमा भर्ती भएका रहेछन् । यतिबेला उनी गलामी मगरबाट थापा मगर भएका रहेछन् । त्यसाे हुनुकाे कारण भर्ति हुँदा गल्लाले थर फेरिदिएर हैछ । गुल्मीकाे साविक दिब्रुङ्ग गाउँ विकास समितिमा जन्मिएका उनी १५ वर्ष लाहुरे बनेर सिपाही पाेष्टबाटै भूपू बन्न पुगेकाे कुरा सुनाए ।
हङकङ बसेका रहेछन् करिव २५ वर्षजति । अनि बेलायतमा नाै महिना बसेर गत दुई वर्षपछि उनी बुटवल फर्किएका रहेछन् । २०३५ सालमा उनी लाहुरबाट पेन्सन निस्किएर गुल्मी जन्मघर दिब्रुङ्ग फर्किए । करिव तीन वर्षपछि उनी बुटवलमा रहेकाे डिसिएस संस्थामा ड्राईभरका रुपमा सेवा गर्न बुटवल आईपुगेका थिए । त्यतिबेला उनकाे तलव ५ हजार र खाईखर्च छुट्टै रहेछ । अड्हप्टनसँग उनकाे राम्राे चिनजान रहेछ । प्रेमले उनलाई गाेरा साहेव भन्दा रहेछन् । गाेराहरुका मुख मीठा तर मन कठाेर हुने बताउँदै थिए । सात वर्षसम्म गाेराहरुका संगतपछि बिदा लिएर फेरि हङकङ पुगेका रहेछन् उनी । गाउँमा उनले पढ्न,लेख्न पाएनन् कारण उनकाे गाउँमा उतिबेलन स्कूल थिएन ।
गल्लाहरुले पाखुरा समाएर फकाई फकाई ६ दिनकाे पैदल यात्रा गराएर भैरहवा नजिकै पग्लिहवा गाउँमा लाहुरे बनाउन ल्याई पुराएका रहेछन् । याे कुराे २०२१ सालतिरकाे हाे । प्रेमबहादुर तन्दुरुस्त छन् । उनलाई कुनै नियमित ओैषधी सेवनकाे जरुरत छैन । १५ वर्षअघि नै उनले छाड्नुपर्ने अहितकारी सबै बस्तु छाडिसकेका रहेछन् । त्यसैले यतिबेला राेगी भएर डाक्टरकहाँ अनुहार देखाउन जान परेकाे छैन । दुई छाेरा र तीन तीन छाेरीका बाबा प्रेम,यतिबेला श्रीमती हरिकला गलामीसँग प्रेमपूर्वक बसेका छन् । जीवनका रथ गुडाईरहेका छन् ।
२०३५ सालमा उनी लाहुरबाट पेन्सन निस्किएर गुल्मी जन्मघर दिब्रुङ्ग फर्किए । करिव तीन वर्षपछि उनी बुटवलमा रहेकाे डिसिएस संस्थामा ड्राईभरका रुपमा सेवा गर्न बुटवल आईपुगेका थिए । त्यतिबेला उनकाे तलव ५ हजार र खाईखर्च छुट्टै रहेछ । अड्हप्टनसँग उनकाे राम्राे चिनजान रहेछ । प्रेमले उनलाई गाेरा साहेव भन्दा रहेछन् । गाेराहरुका मुख मीठा तर मन कठाेर हुने बताउँदै थिए । सात वर्षसम्म गाेराहरुका संगतपछि बिदा लिएर फेरि हङकङ पुगेका रहेछन् उनी । गाउँमा उनले पढ्न,लेख्न पाएनन् कारण उनकाे गाउँमा उतिबेलन स्कूल थिएन । गल्लाहरुले पाखुरा समाएर फकाई फकाई ६ दिनकाे पैदल यात्रा गराएर भैरहवा नजिकै पग्लिहवा गाउँमा लाहुरे बनाउन ल्याई पुराएका रहेछन् ।
याे कुराे २०२१ सालतिरकाे हाे । प्रेमबहादुर तन्दुरुस्त छन् । उनलाई कुनै नियमित ओैषधी सेवनकाे जरुरत छैन । १५ वर्षअघि नै उनले छाड्नुपर्ने अहितकारी सबै बस्तु छाडिसकेका रहेछन् । त्यसैले यतिबेला राेगी भएर डाक्टरकहाँ अनुहार देखाउन जान परेकाे छैन । दुई छाेरा र तीन तीन छाेरीका बाबा प्रेम,यतिबेला श्रीमती हरिकला गलामीसँग प्रेमपूर्वक बसेका छन् । जीवनका रथ गुडाईरहेका छन् । महावीर पुन मगरलाई उनले हङकङमा धेरै वर्ष अघि भेटेका रहेछन् । उनीसँग प्रेम अति नै प्रभावित समेत भएका रहेछन् । राति अबेरसम्म प्रेमले पढ्दा रहेछन् । विहान छिटाेमा ६ वजे उठ्दा रहेछन् । खाना खाएपछि अहिले बस्दै आएकाे लक्ष्मीनगरबाट पैदल हिडेर मिलनचाेक,चाैरहा,वेसक्याम्प, सुख्खानगर,हिलपार्क हुँदै घरमा फर्किदाँ रहेछन् । कहिलेकाही उनी जाेगिकुटीसम्म हिडेर फर्किदा रहेछन् ।
बुटवल,लक्ष्मीनगरमा भएकाे तीनतले घरमा उनी,उनकी जहान र एकजना सहयाेगी नानी बस्दा रहेछन् । छाेराबुहारी परदेश रहेछन् । दुई छाेरी नेपालमा र एउटी छाेरी विदेश रहेछिन् । स्वस्थ हुनका लागि पैदल यात्रा काफी हुने प्रेमले बताउँदै मसलेदार ,चिल्लाे र पिराे खानाले शरीर अस्वस्थ हुने बताए । कुनैबेला मासु र रक्सी खाने प्रतियाेगितामा प्रथम भएका उनलाई यतिबेला ती चीज किन खाईयाे हाेला झैं लाग्दाे रहेछ । आफ्नै आत्मकथा लेख्न पत्रकार साेनूलाई आवश्यक सामग्री दिदै आएका प्रेमले छिट्टै आफ्नाे पुस्तक प्रकाशन हुने बताए ।
मासिक आधा लाख बढी पेन्सन थाप्दै आएका उनले आफ्नाे जीवनका स्वर्णिम समय लाहुर,हङ्कङ र बेलायतमा बिताएपनि अबकाे जीवन नेपालमै बिताउने उनकाे रहर रहेछ । मगर संघ,गलामी परिवार समाज,दिब्रुङ्ग तराई वस्ति समाजमा क्रियाशील उनी सामाजिक सेवामा तल्लीन छन् ,याे उमेरमा पनि । हट्टकट्टा,रसिला र हेर्दै लाेभलाग्दा प्रेमबहादुरलाइ सबैले मान,सम्मान र प्रेम गर्दै जाँदा शताब्दी बढी बाँच्न कुनै कठिन हुने छैन ।