बुटवल ,मंसिर १७
बुटवल कालिका क्याम्पसले आफ्नो १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबारदेखि सप्ताहब्यापी खेल सप्ताह २०८० शुरुवात गरेको छ । विद्यार्थीहरुलाई शैक्षिक विकाससँगै खेलकुद तथा रचनात्मक क्षेत्रमा विकास गराउने उद्देश्यले कलेजले विभिन्न विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउन लागेको जनाएको छ ।
स्थापनाको छोटो समयमै देशमै उत्कृष्ट सामुदायिक क्याम्पसमा पर्न सफल भएकाले पनि विद्यार्थीहरुलाई रचनात्मक क्षेत्रमा पनि अब्बल बनाउन खेल सप्ताह सुरु गरेको प्राचार्य घनश्याम पाठकले बताउनुभयो । प्राचार्य पाठकले छोटो समयमा सामुदायिक कलेजतर्फ देशकै गरिमा बोकेको कलेजको रुपमा परिचान बनाउन सफल भएको जनाउनुभयो। उहाँले विभिन्न कलेजहरुमा विद्यार्थी संख्या घटिरहेको बताइएपनि आफ्नो कलेजमा बढ्दै गइरहेको चापले अभिभावकको भरोसा बढ्दै गएको बताउँदै त्यो भरोसा जोगाउनेगरी योजना बनाइरहेको बताउनुभयो ।
लायन्स इन्टरनेश्नल ३२५ पी का डिजी अर्जुनमान सैंजुले खेल सप्ताहको उद्घाटन गर्दै शिक्षक, विद्यार्थी, कलेज ब्यवस्थापन समिति, अभिभावक सबैको योगदानकै कारण कलेजको गरिमा उचो भएको बताउनुभयो । हरेक ब्यक्तिले दाम नभई नामको लागि काम गर्न सुझाव दिदै उहाँले राम्रो कामको प्रतिफल आफै प्राप्त हुने बताउनुभयो । युवा पिँढीलाई आफ्नै जन्मभूमिमा कर्म गर्न सुझाव दिनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले युवाहरुलाई पलायन रोक्ने गरी देशमै केही गर्ने सोच बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा कलेजका अध्यक्ष होमबहादुर गलामी, कालिका मानव ज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, बिबिएस कोअर्डिनेटर बुद्धिराम चौधरीले शिक्षा र खेलकुद एक अर्काको परिपुरक भएको गर्दै कलेज यसमा सधै अग्रसर रहेको बताउनुभयो।
खेल सप्ताह अन्तर्गत कबड्डी, चेस, दौड ९१००÷४०० मिटर० छात्रछात्रा, क्रिकेट, भलिबल ९छात्रा०, टेबलटेनिस, डोरी तान्ने ९छात्रछात्रा० लगायत कार्यक्रम गरिने खेल संयोजक रेश्मीराज शर्माले बताउनुभयो। यसैगरी हाजिरी जवाफ, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, निःशुल्क दन्त परिक्षण समेत गरिने उहाँले बताउनुभयो।
कलेजमा बिबिएस, बिसिए र बिएडमा २ हजार पाँच सय विद्यार्थी अध्ययरत छन् । बिएसडब्लु र एमएआरडी दुई विषयको अध्यापन शुरु गरेको छ । कलेजले अन्नपूर्ण कलेजसँग मर्जर गर्ने अन्तिम तयारी गरेको छ ।