भैरहवा, १९ मंसिर
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सम्पन्न भएको छ ।'
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा मंसिर ६ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चलेको थियो ।महोत्सवमा करिब ९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताउनुभयो । महोत्सवको १ लाख ५० हजार दर्शकले अवलोकन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार महोत्सव समापन कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आर्थिक मन्दीको बेला पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उह्ाँले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नभयो । नगरप्रमुख खानले मण्डपको लागि अब जग्गाको खोजीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले महोत्सव आयोजना गर्न मण्डपको आवश्यकता रहेको बताउनुभयो । उहाँले पर्यटनको विकासको लागि डण्डा कोरिडोर आवश्यक रहेको र डण्डा कोरिडोर योजना सफल भए पर्यटकको बसाइ लब्याउन सकिने बताउनुभयो ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो ।अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुपर्छ भन्ने मागप्रति आफ्नो पनि ऐक्यवद्धता भएको बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गनुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।
उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले स्थायी मण्डप नहुँदा मेला–महोत्सव सञ्चालन झन खर्चिलो भएको बताउनुभयो। उहाँले विदेशमा मेला–महोत्सव सरकारी निकायले सञ्चालन गर्ने र निजी क्षेत्रले स्टल राख्ने गरेको तर नेपालमा महोत्सव निजी क्षेत्रले सञ्चालन गरे पनि सरकारी निकाय विशेष गरी मन्त्रालयहरुबाट अपेक्षित सहयोग हुन नसकेको गुनासो गर्नभयो।
संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले महोत्सव सफल पार्न विभिन्न स्थानबाट सहयोग प्राप्त भएको र सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सव मनोरञ्जनका लागि मात्र नभइ यसले अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने बताउनुभयो ।लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेको बेला पनि मेला–महोत्सव आयोजना गर्नु महत्वपूर्ण रहेको बताए । उहाँँले महोत्सवमा केही कुरा सुधार गर्नुपर्ने आवश्यकता रहेको बत।ाउनुभयो ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको स्वागत, निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लुम्बिनी महोत्सव विशेषांक (स्मारिका) विमोचन गरिएको थियो । त्यस्तै मंसिर ६ गते निकालिएको औद्योगिक जनचेतना ¥यालीमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालय तथा संघ–संस्था तथा मेलामा राखिएका स्टलमध्ये उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको थियो ।
उक्त ¥यालीमा श्री बेलहिया माध्यमिक विद्यालय सिद्धार्थनगर–१, रुपन्देही प्रथम भएको थियो । ¥यालीमा रुपन्देही लीलाराम न्यौपाने मावि सिद्धार्थनगर–८ द्वितीय, तमु ह्युला छोंज धिं गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति अञ्चलपुर सिद्धार्थनगर–८ तृतीय र मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूल सिद्धार्थनगर–६ सान्त्वना भएको थियो ।उद्योगतर्फ पाल्पाली मदनपोखरा ढाका उद्योग पाल्पा, व्यापारतर्फ मदिना सिरक स्टोर्स बुटवल, कृषितर्फ सबल नेपाल एग्रो प्रा.लि.बुटवल, पर्यटनतर्फ सुजल मःम सेन्टर चितवन र घरेलु तथा हस्तकलातर्फ ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. भैरहवा उत्कृष्ट स्टलको रुपमा पुरस्कृत भएका छन् । त्यस्तै मार्फा फलफूल तथा तरकारी उद्योग मुस्ताङकी सञ्चालक सुकुन रसाइलीलाई सम्मान गरिएको उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले बताउनुभयो ।
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन विकास परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका थिए ।महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका थिए ।
त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेका थिए ।