Hamroprayas
दाेभान मावि हीरक महाेत्सव : पूर्वशिक्षक र विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न  

बुटवल , मंसिर २१

दाेभान मावि,तिनाउ,पाल्पाले आफ्नाे हीरक महाेत्सवकाे अवसरमा पूर्वशिक्षक र विद्यार्थी पुनर्मिलन कार्यक्रम मंगलवार दाेभानमा सम्पन्न गरेकाे छ । 
कार्यक्रममा पूर्वशिक्षक समाजका संयाेजक दलबहादुर गुरुङले "पूर्वशिक्षक र विद्यार्थीकाे दायित्व र भूमिका" विषयमा आफ्नाे  सहजीकरण  गर्नुभएको थियो ।

उहाँले पूर्वशिक्षक र विद्यार्थीले आफ्ना ज्ञान,सीप,याेग्यता,क्षमता र विशेषतालाई विद्यालयकाे सर्वाङ्गीर्ण विकासका निम्ति प्रयाेग गर्नुपर्नेमा जाेड दिदै त्यसका लागि विद्यालयले समेत उचित दायित्व र भूमिका प्रदान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो। विद्यालयले उचित वातावरण तयार गर्न सके विद्यालयमा पूर्वशिक्षक र विद्यार्थीकाे उपस्थिति बाक्लाे हुन सक्ने उहाँले उल्लेख गर्नुभयो।


उक्त कार्यक्रममा दाेभान मावि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठले पूर्वशिक्षक र विद्यार्थीलाई विद्यालयले बाैद्विक सम्पत्तिका रुपमा ग्रहण गर्न लागेकाे र साेही अनुसारकाे भूमिका प्रदान गर्न विद्यालय तयार रहेकाे बताउनुभयो ।  

साे कार्यक्रममा दाेभान माविका प्रअ सूर्य पाैडेल,थानिडाँडा माविका अध्यक्ष एवम् पूर्वविद्यार्थी शेरजंग थापा,साेही विद्यालयका सहायक प्रअ एवम् पूर्वशिक्षक रुद्र जीसी,तिलाेत्तमा माविका शिक्षक एवम् पूर्वशिक्षक खडकबहादुर रायमाझी,पूर्वशिक्षक एवम् अग्रज अभिभावक भाेजबहादुर रायमाझी,पूर्वशिक्षक सजकप्रताप शाक्य,हरिप्रसाद पाण्डेय,वर्तमान शिक्षक गाेपाल केसी लगायतले पुनर्मिलन कार्यक्रम हीरक महाेत्सवतर्फ उन्मुख हुनुपर्नेमा जाेड दिदै मंसिर २१ गते हुने मूल समाराेहलाई सफलतापूर्वक सम्पन्न गर्न सबैकाे साथ र सहयाेग अपरिहार्य रहने बताएका थिए  ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update