प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङमा जग्गा खरिदबिक्रीका लागि फुकुवा
बुटवल,मंसिर २१
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ ।प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेसँगै २०७७ सालमा जग्गा रोक्का गरिएको थियो ।
मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो ।
एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न नपाउने गरी खरिदबिक्रीका लागि बैधता प्रदान गरिएको मालपोत कार्यालय प्रमुख मानबहादुर कुवँरले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय