फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो
बुटवल,मंसिर २२
बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ।सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरु हटाएर सडक फराकिलो बनाउन शुरु गरिएको हो।
बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।
मिलनचोकबाट पूर्व सुख्खानगर जाने बाटोको चापअनुसार बाटो साँघुरो भएकाले बाटोको क्षेत्रमा रहेको थप ८ फिटसम्मको पर्खाल र सोही क्षेत्रभित्र पर्ने भवन हटाउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँँले हेभी इक्युपमेन्ट कार्यालय र स्थानीयसमेतको सहमति र सुझावअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० २०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय