बुटवल,मंसिर २३
विमला शाही उमेरले ७५ वर्ष पुगिन । उनी वृद्ध अवस्थामा पनि सुख र आनन्दले जीवन बिताउन पाउँदा खु्शी छन्, उनको खुशीको कारण बनेकी छन्, छोरी वरिष्ठ मनोविमर्शकर्ता बेवी शाह ।
नेपालको पश्चिम क्षेत्र कर्णालीको कालिकोटमा छोरा नभए बुढेसकालको शाहरा हुँदैन भन्ने समाजमा छोरीलाई परिवारको सदस्य नै नमान्ने चलन थियो । श्रीमानको विछोडमा स–साना दुई छोरी हुर्काउँदा यो दिन आउने कल्पना नै गरेकी थिइनन् । सानै उमेरमा एकल हुनु परेको पीडा त छदै थियो । त्यसमाथि विचरा भन्दै भविष्यको डर देखाइदिने समाजमा जीवन धेरै गाह्रो भएको थियो । छोरीलाई पढाएर के गर्ने हो र अरुलाई दिने जातभन्दा साँच्चै नै भविष्य सम्झदा डर लाग्यो । समाजमा खुलेर बोल्न पनि डर लाग्थ्यो । साँच्चै नै दुई छोरीमध्ये एक छोरा नै भैदिएको भए कस्तो हुन्थ्यो होला भन्ने कल्पनाले पिरोल्थ्यो तर अहिले यिनै छोरीले संसारको खुशी दिएका छन् ।’– उनले भनिन् ।
‘अहिले छोरा नभए जीवन चल्दैन भन्ने साँेचलाई छोरीले परिवर्तन गरेर देखाइ दिएका छन् । छोरीलाई बलियो र केही गर्नसक्ने बनाउन उसको परिवारको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले छोरीको आत्मविश्वासमा कमी आउने कुरालाई सधँै ध्यानमा राखे । अहिले सम्झदा जुग फेरे जस्तो लाग्छ । सोँच्छु अब कती पो बाँचिएला, तर मर्नु अगाडि खुसीले बाँच्न पाए । अहिले छोरीसँगै छु उनी मेरो छोरी मात्रै नभएर साथी जस्तै बनेकी छन् । हरेक दुःख सुख खुलेर राख्न सक्छु । ज्वाईले पनि दुःख अप्ठ्यारो सोध्नुहुन्छ । नातिनातिनासँग कहिले काँही रमाइलो गर्छु । चाडपर्व रमाइला नै लागेका छन् ।’– शाहीले भनिन् ।
उनै विमला शाहीकी छोरी विमर्शकर्ता बेवी शाह अहिले सिएमसी नेपाल र दुःख निवारण गुठी टिआरटिमा मनोविर्मशकर्ताको रुपमा काम गर्दैछिन् । त्रिभूवन विश्वविद्यालय किर्तिपूरबाट ग्रामीण विकासमा स्नाकोत्तर तथा पूर्वाञ्चल विश्वविद्यालयबाट मनोसामाजिक सहयोग विषयमा स्नातक गरेकी बेवी शाहले छोरीले गर्न सक्दैनन् भन्ने समाजमा अगाडि बढ्न धेरै चुनौती झेल्नु परेको बताउँछिन् । हेल्भेटास, सुदृढ –नर्प, केयर नेपाल, युके एडे नेपाल शहरी उत्थानशिलतालगायतका विभिन्न परियोजनामा काम गरेकी छन् ।
उनले द्वन्द्व, भूकम्प, बाढी, पहिरो तथा विभिन्न हिंसामा परेका व्यक्ति र कोभिड–१९ लगायत आप्रवासी विद्यार्थीको मनोसामाजिक पीडा कम गरी नयाँ जीवन प्रदान गर्ने काम गरेकी छन् । ‘हाम्रो समाजमा अली कमजोर व्यक्तिलाई पाछाडि पार्ने चलन छ । विभिन्न आरोप र परिस्थितिमा पु¥याएर मानसिक पीडा दिने काम गरिरहेका हुन्छन् । त्यस्तो पीडा मेरी आमाले भोग्नु परेको देख्दा केही गरेर देखाउने सोँच सानैदेखि रहेको थियो । अहिले आमालाई खुसी देख्न पाउँदा सबै दुःख बिर्सिदो रहेछ,’ बेबी शाह भन्छिन्–‘काम गर्ने दौरानमा पितृ सतात्मक सामजिक संरचनाले धेरै ने प्रभाव पर्ने रहेछ । तर म कुनै प्रवाह नगरी सानैबाट आमाका आँखामा छचल्किएको आँशुलाई खुशीमा बदल्ने सोँच थियो, त्यसैले नेपालको दुर दराजमा रहेका अत्यन्त विकट क्षेत्रमा पनि एक्लै गएर काम गरेकी छु । मैले जीवनदेखि निरास भएका स–साना कुरालाई पनि व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्नका लागि योजना बनाएर धेरै पटक आत्महत्याको प्रयास समेत गरेका व्यक्तिलाई पुनः आफ्नै जीवनमा फर्काउन सफल भएकी छु ।’
हामीले बोलीने शब्द र गरिने व्यवहारले अर्को व्यक्तिमा प्रत्यक्ष प्रभाब पार्न सक्छ भन्ने कुरालाई विचार पु¥याउन सक्नु पर्दछ । पहिलेभन्दा समाज धेरै परिवर्तन भएको छ । तर अझँै पनी भविष्यको लागि छोरो नै चाहिन्छ भन्ने सोँचमा परिवर्तन आउन सकेको छैन । छोरो नपाएको भन्दै धेरै दिदीबहिनी घरेलु तथा सामाजिक हिंसामा परेकाका छन् । छोरा नभएकै कारण धेरै दाजुभाइले सामाजिक अपहेलना सहेका छन् । पहिले धेरै सन्तान जन्माउँथे भने अहिले भु्रण पहिचान गरेर छोरीलाई संसारमै आउन नदिने गलत प्रथा विकास हँुदै गएको छ । यस्ता कु संस्कारले धेरै मानिस मानसिक रुपमा कमजोर हुँदै आत्महत्या गर्ने साँेचसम्म पुगेका छन् ।’उनले भनिनन्–‘मनोबिमर्शको काम गर्दा समाजको सोँच सचेत भनिएका व्यक्तिको चिन्तन देख्दा हामी कहाँ छौँ जस्तो लाग्छ । अहिले मानिसमा भएका समस्या र दुःख पीडा कम गर्न विचरा कठै भन्ने चलन छ ।
समस्याको जड हाम्रो साँेच र चिन्तनमा छ भन्ने कुरा हामीले चिन्न सकेको अवस्था छैन । अझैँ पनि छोरीको शिक्षा, सीपलाईभन्दा पनि राम्रो ज्वाई पाउन छोरीलाई दाइजो दिन, सम्पत्ति जोड्न बाध्य भएका व्यक्तिहरु पनि छन् । सामाजिक परीवेक्षका कारण पनि व्यक्तिमा मनोसामाजिक समस्या बढिरहेको छ । यत्तिबेला अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत विभिन्न कार्यक्रम भैरहेका छन् ।
नेपालमा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने राष्ट्रिय नारासहित यो दिवस मनाइँदैछ । यस्ता नारालाई सार्थकता दिन पनि छोरीको महत्व बढाउनु पर्छ । छोराले नै बावुआमाको अविभारा पूरा गर्न सक्छन् भन्ने धारणाको अन्त्य गर्नतर्फ लाग्नु पर्छ । स्थानीय तह तथा विभिन्न संघ सस्थाले गर्ने कार्यक्रमा यस्ता विषयलाई प्रथमिकतामा राख्नु पर्छ ।’