Hamroprayas
लुम्बिनी बोर्डिङमा विविध कार्यक्रम सम्पन्न

बुटवल, मंसिर २१ 
अतिरिक्त क्रियाकलापको वार्षिक कार्यतालिका अनुसर बुटवल ३ चिडियाखोलामा रहेको लुम्बिनी बोर्डिङ स्कुलमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन्। ।

शिक्षक मनिष अर्यालको संयोजकत्वमा कक्षा ७ देखि ९ सम्म भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अन्तर सदनात्मक रूपमा प्रस्तिस्पर्धा गराइएको उक्त प्िरतयोगितामा छात्रतर्फ क्रमश पहेलो सदन  प्रथम र रातो सदन  द्धितीय भएका छन् भने छात्रातर्फ रेबिना दर्लामीको समूह प्रथम भएको छ । 

यसै गरी कक्षा ४ देखि ६ सम्म शिक्षक शङ्कर सुनारको संयोजकत्वमा स्किपिङ प्रतियोगिता र कक्षा १ देखि ३ सम्म शिक्षिका विन्दु गौतमको संयोजकत्वमा स्पुन रेस प्रतियोगिताहरू हुनुका साथै पूर्व प्राथमिक कक्षाहरुमा भने शिक्षिका लता प्रधानको संयोजकत्वमा तातो आलु खेल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update