Hamroprayas
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित

बुटवल ,पुस १  

लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित हुनुभएको छ । शनिवार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट भुसाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । भुसाल एमाले निकट हुनुहुन्छ। 

भुसाल १३४ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले बराबर ८६–८६ मत प्राप्त गर्नुभएको छ । प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी एमालेनिकट रमेश बेल्बासे विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी टीकाबहादुर श्रेष्ठ (सन्तोष)ले ९१ र डण्डपानी पाण्डेले ९५ मत मात्र प्राप्त गर्नुभएको छ । द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी भुसाल प्यानलकै विष्णु सुब्बा विजयी हुनुभएको छ । 

महासचिवमा १२२ मतका साथ स्वतन्त्रका प्रितम रौनियार विजयी हुनुभएको छ । यसैगरी सचिवमा १२५ मत प्राप्त गरी भुषाल प्यानलका राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरू अजय रानाले ९१ र महेशकुमार दुबेले ७५ मत प्राप्त गर्नुभएको छ ।  कोषाध्यक्षमा स्वतन्त्रका यज्नयप्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरू पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गर्नुभएको छ ।  

त्यस्तै, सह–कोषाध्यक्षमा स्वतन्त्रकै पवनकुमार मिश्रा विजयी  हुनुभएको छ ।  त्यस्तै, खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री, रोशनप्रसाद भण्डारी, सुरेन्द्र यादव,  सतिश मिश्रा, शुभम रौनियार विजयी हुनुभएको छ । सदस्यका उम्मेदवारहरू ऋषि भुसाल, सेराज अहमद, विजय कुँवर, लोकनाथ पंगेनी (गणेश)ले ९३ मत प्राप्त गर्नुभएको छ । यसैबीच लुम्बिनी निर्माण व्यवसायी संघ, बुटवलको अध्यक्षमा बुद्धिराज थापा निर्वाचित हुनुभएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update