Hamroprayas
कञ्चनमा मुटु जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कञ्चन,पुस १ 

कञ्चन गाउँपालिकाको आयोजना तथा ओजल हेल्थ केयर प्रा।लि बुटवलको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने निःशुल्क मुटु जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त दुई दिने शिविरमा ४४९ जनाले निःशुल्क रुपमा मुटु जाँच गराएका छन् । 

कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कार्यक्रमको शुभारम्भ गर्दै हरेक नागरिकको सहज रुपमा स्वास्थ्य उपचारको पहुँच पुर्याउने लक्ष्यका साथ पालिका अगाडी बढेको बताउनु भयो। नियमित जाँच गराउनु स्वस्थ जिवनका लागि निकै लाभदायक हुने र समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउनु पर्नेमा जोड दिदै अध्यक्ष ढकालले कञ्चनमा रहेका शारिरीक रुपमा अशक्त, आर्थिक रुपमा विपन्न र कमजोर भएका कारण अस्पताल जान नसकेकाहरुलाई लक्षित गरी गाउमै स्वास्थ्य जाँचको पहुँच उपलब्ध गराउन पालिकाले स्वास्थ्य शिविर संचालन गरेको बताउनु भयो।

यस्तै गाउपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा आर्थिक र विपन्न तथा शारिरीक रुपमा अशक्त नागरिकहरुले गाउमै निःशुल्क स्वास्थ्य सेवा लिन पाउने बिश्वास ब्यक्त गर्नुभयो।स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले सामान्य अवस्थामा स्वास्थ्य जाँच नगराउने परमपरालाई अन्त्य गर्न र नियमित रुपम स्वास्थ्य जाँच गराउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न गाउमै स्वास्थ्य शिविर संचालन गरिएको बताउनु भयो। गाउम स्वास्थ्य केन्द्र छ र गाउमै रहेको स्वाास्थ्य केन्द्रहरुबाट सुरक्षित र गुणस्तरिय सेवा प्रदान हुन्छ भन्ने बुझाउन पनि समय समयमा संचालन गरिने स्वास्थ्य शिविरबाट सहज हुने स्वास्थ्य प्रमुख गौतमले जानकारी दिनुभयो।

यस्तै नेपाल बिकास केन्द्र, बुटवलका अध्यक्ष तथा ओजल हेल्थ केयर प्रा।लि।का कार्यकारी निर्देशक माधव सापकोटाले कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन मुटु जाँच गराउदा आवस्यक पर्ने बिशेषज्ञ सहितको प्रविधिहरुसमेत गाउमै लिएर सेवा दिनु हाम्रो जिम्मेवारी कर्तब्य भएको बताउनु भयो।

शिविरमा स्वास्थ्य जाँचमात्र नभई कसरी दिर्घ जिवन बन्ने र आफुलाई कसरी स्वस्थ बनाइराख्ने भन्ने स्वास्थ्य परामर्श दिनु पनि मुख्य उद्धेश्य रहेको कार्यकारी निर्देशक सापकोटाले बताउनु भयो।हिजो मंसिर ३० गते गजेडी स्वास्थ्यचौकीमा शिबिर संचालन गरिएको थियो भने आज पुष १ गते रुद्रपुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरिएको थियो। शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो।


गजेडी स्वास्थ्य चौकीमा भएको शिविरमा २०३ जनाले स्वास्थ्य जाँच गराएकोमा १४५ जनाको ई।सि।जी र ३५ जनाको इको जाँच गराइएको थियो। यस्तै रुद्रपुर स्वास्थ्य चौकीमा भएको शिविरमा २४६ जननाले मुटु जाँच गराएका थिए भने त्यसमध्ये ३५ जनाको इको र १४५ जनाको ई।सि।जि। जाँच गरिएको रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज दिपक जैसीले जानकारी दिनु भएको छ। उक्त शिबिरमा निःशुल्क मधुमेह परिक्षण समेत गरिएको थियो।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update