Hamroprayas
तिलोत्तमा वडा नम्बर ९ को आयोजनामा खुल्ला दौड प्रतियोगिता हुने

 

बुटवल,पुस १
तिलोत्तमामा खुल्ला दौड प्रतियोगिता २०८० हुन लागेको छ । तिलोत्तमा वडा नम्बर ९ को आयोजनामा युवासंँग कुद्छ तिलोत्तमा भन्ने अभियानसहित पौष ७ गते कार्यक्रम गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।  
सम्मेलनमा तिलोत्तमा ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले बालमैत्री नगर घोषणा पछि अव नगरपालिका युवामैत्री नगर बनाउने अभियानमा लागिरहंदा प्रतियोगिताले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।  उहांले तिलोत्तमा नगरपालिका भौतिक विकाससंगै लैंगिकताको सवालमा तथा  खेल क्षेत्रमा पनि अब्बल छ भन्ने देखाउने कार्यक्रमको उद्धेश्य रहेको समेत जानकारी दिनुभएको छ । 

न्यौपानेले खेल ब्यवस्थापनका लागि सम्पुर्ण तयारी भैसकेको र उत्साहजनक रुपमा धावकको दर्ताक्रम चलिरहेको बताउनुभयो । पौष ३ गतसम्म दर्ता गर्ने समय तोकिएको छ । कार्यक्रममा खेल संयोजक तथा तिलोत्तमा नगरपालिका ९ का वडा सदस्य लवसन गुरुङका अनुसार योगिकुटीबाट सुरु हुने दौड प्रतियोगिता मंगलापुर चोकमा आई सम्पन्न  हुनेछ । दौडको क्षेत्र जम्मा ७ किलोमिटर तोकिएको छ । दौडमा १५ वर्षदेखि माथी ४० वर्षसम्मका,४० उमेरदेखि माथिको समुह र महीला समुह गरी तीन समुहमा सहभागी गराईने संयोजक गुरुङले जानकारी गराउनुभयो । उहांले आईबारसम्म ११७ जना धावकले सहभागिता जनाईसकेको बताउनुभएको छ । 

प्रतियोगितामा २ सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।  प्रतियोगिताका लागि २ लाख ३० हजार लागत लाग्ने अनुमान गरिएको छ । गुरुङले समुहगत रुपमा ५४ हजारको पुरस्कार राशी छुटयाईएको बताउनुभएको छ । भने प्रतियोगिताका क्रममा देखिन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी  २ वटा एम्बुलेन्स र नगरपालिकाबाट स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयमसेवीका परिचालन गरिने समेत सम्मेलन मार्फत जानकारी गराईएको छ ।  

वडा नम्बर ९ को संझना बालउद्दानमा समापन कार्यक्रम रहेको बताउंदै बालउद्यानका अध्यक्ष खेमेन्द्र रानाले तिलोत्तमा नगरपालिकाको वडा नं ९ मा रहेको बालउद्यान पर्यटकीय हिसाबले पनि नमुना रहेको भन्दै यसको संरक्षणमा सवैको ध्यान जानुपर्ने खांचो औंल्याउनुभयो । उहांले ठुलो रकम खर्चेर बनाईएको तर आवश्यक प्रचार नभएकोले पछाडि परेको बताउंदै यो कार्यक्रमले त्यसमा सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।  कार्यक्रममा वडा सदस्य कमल रेग्मि शर्माले प्रतियोगितामा सहभागि हुन सवैलाई आग्रह गर्नुभएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update