Hamroprayas
इजराइल युद्ध अन्त्यको माग गर्दै एलाइन्स द्धारा बुटवलमा प्रदर्शन

बुटवल,पुस २ 

इजराइल युद्धको अन्त्यको माग गर्दै ग्लोवल डे अफ एक्सन, डिसेम्बर १८, २०२३ मा बुटवलमा प्रदर्शन गरिएको छ ।

मानवअधिकार एलाइन्स लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिको अगुवाइमा भएको सो प्रदर्शन बुटवलको होराइजन चोकदेखि सुरु भई शहरका विभिन्न भाग परिक्रमा गरि सोहि ठाउँमा पुगि समापन गरिएको थियो।

प्रदर्शनमा सहभागीहरुले बिपिन जोशि सहित वन्धक बनाइएकाहरु रिहा गर, इजराइल युद्ध बन्द गर, निर्दोष महिला, बालबालिका, जेष्ठ नागरिक माथिको आक्रमण बन्द गर, निर्दोष नागरिकको जीवन सुरक्षा गर, नागरिकको स्वतन्त्रता र मानव अधिकारको रक्षा गर भन्ने लगायतका विभिन्न  नारा सहितको ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।

समापन समारोहमा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले इजराइलद्वारा जारी युद्ध मानवता विरोधी अपराधको पराकाष्ठा भन्दै मानव जिवनको रक्षाका  लागि तुरुन्त युद्ध रोकिनु पर्ने बताउनु भयो । उहाँले युद्ध जारी रहे यसको असर  दिर्घकाल सम्म रहन सक्ने भन्दै युद्ध अन्त्यको बिकल्प नरहेकोमा जोड दिनुभयो ।

मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेश सचिव दामोदर घिमिरेले इजराइल युद्धको अन्त्यका लागि विश्व जगत एकठाउँमा उभिई दबाब दिनुपर्ने बताउदै शक्ति राष्ट्रको टकरावले निहत्या नागरिकको ज्यान जाने घटनालाई सामान्य रुपमा लिन नसकिने बताउनु भयो ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update