बुटवल ,पुस २
विश्व हिन्दु महासंंघ नेपाल जिल्ला शाखा रुपन्देहीको आयोजनामा श्रीमद् भगवत गीता जयन्ती एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि १०८ स्वामी शान्तानन्द सरस्वती जी महाराजले गुरु वेद व्यासद्वारा लेखिएको गीतामा १८ अध्याय रहेको र मानिसको जिवन र जगत बुझ्नका लागि अति आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले मानिस स साना दुःख कष्ट पर्दा समेत आत्तिने भएकाले गीता नै अन्तिम विकल्प रहेको बताउनुभयो । हामी दुःख पर्दा मात्र भगवानलाई सम्झने गर्दछौ, उहाँले भन्नुभयो ।
त्यस्तै कार्यक्रममा स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले महाभारतको युद्ध चलिरहेको समयमा भगवान कृष्णले अर्जुनलाई दिएका उपदेश गीतामा उल्लेख भएकाले गीताको महत्व आज पनि धेरै रहेको बताउनुभयो । विश्व हिन्दु महासंंघ नेपाल जिल्ला शाखा रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले अहिले तेरो र मेरो भनी मानवता हराउन लागेको समाजमा म को हुँ भन्ने चिनाउनका लागि पनी गीताको अध्ययन आवश्यक रहेको विचार ब्यक्तm गर्नुभयो ।
विश्व हिन्दु महासंंघ नेपाल बुटवल नगर अध्यक्ष चन्द्रमान श्रेष्ठले गीताको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विश्व हिन्दु महासंंघ नेपाल जिल्ला शाखा रुपन्देहीका उपाध्यक्ष डाक्टर बावुराम ज्ञवालीले प्रत्यको घरमा गीताको पुस्तक राख्न र अध्ययन गर्न आवस्यक रहेको बताउनु भयो । गीतामा धेरै अनुष्टुप छन्दको प्रयोग गरिएको छ ।
साथै विश्व हिन्दु महासंंघ नेपाल जिल्ला शाखा रुपन्देही , नव जागृति बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट , सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैजु वृद्धाश्रम , नवजागृति पुस्ताकलय को नियमित वैठक विश्व हिन्दु महासंंघ नेपाल जिल्ला शाखा रुपन्देही बुटवल नगर र महिला समितिको नियमित वैठक तथा भजन सम्पन्न भएको छ । कार्यक्रम कार्यलय सचिब उर्मिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।