Hamroprayas
तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि बुटवल र तिनाउको एकता आवश्यक

बुटवल,पुस ५ 
सामुदायिक वन समन्वय समितिका तिनाउ ३ पाल्पाको आयोजनामा ‘तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि हाम्रो अभ्यास र अवसर विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रम पाल्पा दोभानमा बिहिबार सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्ने वक्ताहरुले पाल्पाको तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका बिचमा जिटुजी सम्झौता अनुसार विकास गर्नको लागि जोड दिएका छन् । तिनाउ नदिको जलाधार संरक्षणको लागि दुई वटा पालिकाका बिचमा समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनीहरुले बताएका हुन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले  तिनाउको संरक्षणको लागि पालिकाले प्रत्येक वर्ष १५ लाख रुपैयाँ तिनाउ गाउँपालिकालाई  उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । 
पाण्डेले तिनाउ संरक्षणको लागि आफ्नो तहबाट जहिले पनि सकारात्मक सहयोग गन गर्ने प्रतिबद्धता जनाउँदै तिनाउ बुटवलको सिर भएको कारण त्यहाँको उत्पादन लाई बजारीकरण, प्रसोधानको लागि बुटवल उपमहानगरपालिका सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

उहाँले तिनाउमा उत्पादन भएको दालचिनी, कृषि जन्य उत्पादनको बुटवलमा प्रशोधन उद्योग साझेदारीमा सञ्चालन गर्न सकिने भन्दै यसको लागि तिनाउ पालिका बाट योजना लिएर आउनको लागि समेत आग्रह गर्नुभयो । उहाँले साझा मुद्रामा सहकार्य  गरेर जान आवश्यक रहेको  जीटुजी मार्फत योजना निर्माण  गरी योजनाको पूर्ण रूपमा कार्यान्वयनमा जानुपर्नेमा जोडदिनुभयो ।

छलफल कार्यक्रममा बोल्दै  तिनाउ गाउँपालिकाका प्रमुख प्रेम  श्रेष्ठले बुटवल सँग सहकार्य गरेर जानको लागि  तिनाउ सरकार जहिले पनि तयार रहेको बताउनुभएको थियो ।  उहाँले जल संरक्षणका लागि तिनाउले जति पहल गरेको त्यसको पहल  त्यसको उपभोग गर्ने अन्य पालिकाहरूले पनि गर्नुपर्ने बताउनुभएको थियो ।  उहाँले खानेपानी संस्थान लगायतबाट तिनाउको लागि सहयोग यथेष्ट मात्रामा नभएको गुनासो समेत गर्नुभयो  ।उहाँले सम्झौता अनुसार खानेपानी संस्थानले पालिकाको  खातामा नै प्रत्यक्ष रकम पठाएर त्यसमा थप गरेर जलाधार संरक्षणको लागि काम गर्ने बताउनुभएको थियो ।  उहाँले पुरानो सम्झौता  अनुसार १५ लाख रुपैयाँको योजना  खानेपानी संस्थानले गर्ने भन्ने कुरा भएको भन्दै त्यसलाई सच्चाएर पालिकाको खातामा नै रकम पठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन समन्वय समिति पाल्पाका अध्यक्ष दल बहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमा  बन समिति उपाध्यक्ष प्रेम प्रसाद पाण्डेय,  सचिव दिनेश जिसी लगाय बोल्दै तिनाउ विकास लागि जन क्षेत्रको सरक्षण गर्दे अधितम प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा तिनाउका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update