Hamroprayas
बुटवल फर्निचर उद्योग संघमा  ७ सदस्यिय अनुगमन समिति गठन

 

तिलोत्तमा,६पुस
रुपन्देहीका फर्निचर ब्यवसायमा परेको समस्या घुमन्ते फिरन्ते ब्यवसायिले पारेको समस्याका विषयलाई सकृय ढंगले उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । लामो समयदेखि विना दर्ता हाते औजार बोकेर फर्निचरका काम गर्दैं डुल्ने फिरन्ते ब्यवसायीलाई निरुत्साहित गर्नुपर्ने भन्दै बुटवल फर्निचर उद्योग संघ अन्तर्गतको तिलोत्तमा फर्निचर उद्योग संघले  विभिन्न कार्यक्रमसंगै नगरपालिकालाई ज्ञापनपत्र बुझाउंदै आएको छ । तर सोंचेजस्तो काम हुन नसकेको उद्योगीहरुको गुनासो छ ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले उद्योगी ब्यवसायबाट हार खाएर रोजगारका लागि विदेशिएका नेपाली ब्यवसायिलाई राज्यले बेवास्था गरेका कारण नेपालमै भएका दक्ष युवा जनशक्तिको पनि विकल्प बैदेशिक रोजगार नै बन्न लागेको दुखेसो पोख्नुभयो । यसमा उद्योगी एक भएर राज्यलाई दवाव दिनुपर्ने खांचो औंल्याउनुभयो ।

त्यस्तै कार्यक्रममा उद्योग संघका सल्लाहकार बिनोद न्यौपानेले समस्यामा एक हुन आग्रह गर्दै नयां अनुगमन समितिलाई प्रभावकारी र रचनात्मक ढंगले काम गर्न शुभकामना ब्यक्त गर्नुभयो । यसैगरी उपाध्यक्ष नेत्र रुचालले फर्निचरभित्र भएका समस्यालाई साझा समस्या बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पुर्वअनुगमन संयोजक तथा नयां निर्वाचित उद्योग संघका सचिव लिलबहादुर कार्किले उद्योग संघभित्रका केही उद्योगीहरु आवश्यक पर्दा सकृय नहुने समस्या रहेको भन्दै सबै सकृय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यसै भेलाद्धारा  बुटवल फर्निचर उद्योग संघको भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित नयां कार्यसमिति तिलोत्तमाले अनुगमन समिति गठन समेत गरेको छ ।

बुटवल फर्निचर संघका नव निर्वाचित बरिष्ष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेको अध्यक्षतामा बसेको बैठकले गणेश पन्थीको संयोजकत्वमा ७ अनुगमन कार्यसमिति गठन गरेको हो ।  जसको सहसंयोजकमा प्रकाश न्यौपाने,सचिवमा अनिरुद्र खनाल,सदस्यहरुमा,विष्णु पौडेल,मनिष गैरे,रुपेश गौतम,सुरज आचार्य, लगायतका चयन हुनुभएको छ । चयन पछि संयोजक पन्थीले अनुगमनलाई पहिले भन्दा पनि  प्रभावकारी बनाउन आफु लाग्ने बताउनुभयो । उहांले यसको लागि सवैका साथका लागि आग्रह गर्नुभयो । कार्यक्रमको संचालन बुटवल उधोग संघका महासचिव खिमबहादु खड्काले गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update