बुटवल, पुस ६
बुटवलमा उँखुको प्रचारप्रसार गर्न गुल्मीका दिगामका बासिन्दा जुटेका छन् । रुपन्देहीको बुटवलमा पुस ५ गतेदेखि शुरु भएको लुम्बिनी एक्स्पो २०८० ,अन्तराष्ट्रिय ब्यापारमेलामा उखुको पर्बद्धन गर्ने गरि उनीहरु सहभागी भएका हुन् ।लुम्बिनी एक्स्पो रुपन्देहीको सचेतना र्यालीमा गुल्मी दिगाम घर भई रुपन्देही बस्ने दिगामेलीले आफ्नो गाउँको उत्पादन प्रवर्द्धन गर्न उँखु र्याली गरिएको संयोजक हरिकृष्ण सुबेदिले बताउनुभयो ।
लुम्बिनी एक्सपोको उदघाटन सत्र अगाडी सचेतना र्याली थियो देश भरका मान्छे जम्मा हुने ठाँउमा आफ्नो गाउँको उत्पादन किन प्रवर्द्धन नगर्ने भनेर उँखु र्याली गरिएको सुबेदिले बताउनुभयो । र्यालीमा १ सय ५३ टिम सहभागी भएकोमा दिगामको टिमले सान्त्वना पुरस्कार समेत पाएको छ । पहाडमा उत्पादित उँखु तराईको भन्दा स्वादिलो र पोषण युक्त हुन्छ भनेर प्रचार प्रसार गर्न पाएकोमा गौरब लागेको सम्पर्क समाजका अध्यक्ष माधव ज्ञवालीले बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष टिकाराम न्यौपानेले यसरी गुल्मीमा उत्पादन भएका सबै बस्तुहरुले सधै स्थान पाउन सके गुल्मेली आम नागरिकहरुलाई कृषिको ब्यवसायीकरण गर्दै स्वदेशी उत्पादनका ब्यवसायलाई प्राथमिकतामा राखेर समाजलाई अगाडी बढाउने बताउनुभयो । उँखु बोकेर र्याली गरेपछी र्यालीमा सहभागी र बजारबासी धेरैले चासो दिंदै तस्बिर समेत खिचाएका थिए ।
दिगाम खास गरि उँखु ,गुण र खुदोकै कारण प्रशिद्द ठाउँ हो । यहाँका लगभग सबैजसो किसानले उँखु खेती गर्दै आएका छन । कार्यक्रममा करिब २०० भन्दा बढी गुल्मेली दाजु ,भाई, दिदि बहिनीहरुको सहभागीतामा रहेको थियो ।