Hamroprayas
कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट परियार र पराजुली पुरस्कृत

बुटवल, पुस ७
कालिका मानवज्ञान मावि बुटवलले ६३ औं बार्षिकउत्सवका अवसरमा पत्रकारिता पुरस्कार सहित विभिन्न छात्रबृति वितरण गरेको छ । शुक्रबार ६३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा पत्रकारिता क्षेत्रबाट शिक्षामा योगदान पु¥याएको भन्दै पत्रकार विनोद परियार र विकास पराजुलीलाई पुरस्कृत गरेको छ । 

भिमबहादुर श्रेष्ठ फुलमाया श्रेष्ठ अक्षयकोषद्धारा स्थापित कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेनुभएका परियार पुरस्कृत हुनुभएको हो । विगत १६ वर्षदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता गर्दै आएका परियारले खोजमुलक समाचार प्रकाशित गरेको भन्दै पुरस्कृत गरेको विद्यालयले जनाएको छ । 

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, कालिका मानवज्ञान मावि व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, पुरस्कारका संरक्षक भिमबहादुर श्रेष्ठ र प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभयो  ।

त्यस्तै स्व. अरुण पौडेल अक्षयकोषद्धारा स्थापित पत्रकारिता पुरस्कारबाट पत्रकार पराजुली पुरस्कृत भएका छन् । उक्त अवसरमा विद्यालयले १६५ जना विद्यार्थीहरुलाई विभिन्न छात्रबृति वितरण गरेको छ । ६० वटा अक्षयकोषबाट १० लाख बराबरको छात्रबृति वितरण गरिएको जनाइएको छ । 

बार्षिकउत्सवलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कालिका शिक्षामा अब्बल रहेको बताउँदै अब बुटवललाई पहिचान दिने गरी रचनात्मक काम गर्न सुझाव दिनुभयो । उहाँले उपमहानगरको तर्फबाट शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले सिप, संस्कार, बुटवलको पहिचान र भूगोल सहितको शिक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयहरुमा बुटवल भेटिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा कालिका मानवज्ञान क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द पाण्डेय, प्रधानाध्यापक दिनेश थापा लगायतले बोल्दै कालिकालाई शैक्षिक रुपमा गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउनुभयो । उक्त अवसरमा खेलकुद प्रतियोगिता, गायन प्रतियोगिता र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update