Hamroprayas
बुटवल फूलबारीलाई उत्कृष्ट पर्यटनको केन्द्रबिन्दु बनाउने गरि लाग्नेछु-  अध्यक्ष नेपाल 

बुटवल,साउन २८
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको तिनाउ पुल तरेर २ सय मिटर हिँडेपछि  बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पुगिन्छ । 

पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको यस पार्कमा अहिले चहलपहल बढेको छ । बार्षिक तथ्यांक हेर्ने हो भने फूलबारीमा बर्षको करिब ५ लाख पर्यटकहरु पुग्ने गरेका छन् ।  जसमध्ये बुटवल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटक रहेको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले जानकारी दिनुभयो । 

फूलबारी पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा विकास भएको भइरहेको छ । १५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष, आदिमानव, महामानव तथा पश्चिम नेपालका शहीदहरुको प्रतिमा एउटै ढुङ्गामा कुदेर राखिएको छ, यसले पनि यहाँको सुन्दरतामा सुगन्ध थपेको छ, नेपालले भन्नुभयो ।

शनिवार रेडियो मुक्तीको नियमित कार्यक्रम समय सन्दर्भ मा बोल्दै नवनिर्वाचित अध्यक्ष नेपालले फुलबारीलाई साच्चिकै फुलबारी जस्तो बनाउने गरि कार्ययोजना तयार गरेको बताउदै दर्जन भन्दा बढी योजना प्रस्तुत गर्नुभयो ।

अब पार्कको नामबाट हुलाक टिकट,बिश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गर्ने ,आकर्षक कुडेले घर बनाउने र परम्परागत खानेकुराको परिकार खाने व्यवस्था, प्राथमिक उपचार केन्द्र स्थापना लयायतका रहेको नेपालले बताउनुभयो । अहिले बुटवल फूलबारीमा स्काई साइक्लिङ्ग,नेपाली भेषभुषाका पोशाक लागाएर फोटो सेसन गर्ने व्यवस्था गरिएको अध्यक्ष नेपालले बताउनुभयो । 
२०३६ सालमा फूलबारी पार्कको रूपमा स्थापना भएकोमा २०५४ सालदेखि मणिमुकुन्द सेन उद्यान पार्कको नाममा पार्क सञ्चालन गरिएको छ । पार्कमा पुराना भग्नाबशेष दरबार, वनजंगल, फूलबारी, झरना, शहीदस्तम्भ र चिडियाखाना समेत छ । पार्कबाट बुटवल बजारको धेरै दृश्य देख्न सकिन्छ ।

बुटवलको फुलबारी अत्यन्तै आकर्षक, ब्यबस्थित, शान्त, मनोरम स्थल मानिन्छ । यो फुलबारी लुम्बिनी प्रदेशकै उत्कृष्ट आन्तरिक पर्यटनको आकर्षणको केन्द्रबिन्दुका रुपमा पनि हेर्ने गरिन्छ ।फुलबारीको पश्चिम पट्टी कुनामा तत्कालीन पाल्पाली राजा मुकुन्दसेन प्रथमले निर्माण गरेको शीतकालीन दरबारको भग्नावशेष रहेको छ । सेन बंशका राजाहरुले रंगमहलका रुपमा प्रयोग गर्ने गरेको तीन तलाको सो दरबारको एक भाग अहिले पनि देखिन्छ ।

यहाँ पिकनिक, विवाह, भेटघाट र विभिन्न सघसंंस्थाको साधारणसभा तथा अधिवेशन गर्नपनि मानिसहरु आउने गरेका छन् । उहाँ संग गरिएको पुरा कार्यक्रम रेडियो मुक्तीको फेसबुक आइडीको यो लिन्क क्लिक गरेर सुन्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update