बुटवल, पुस ७
रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेसन शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुद्घाटन गर्दै उपभोक्ताको स्वस्थ्यसंग प्रत्यक्ष जोडिएको मिष्ठान तथा क्याटरिङ ब्यवसायहरु संवेदशिल पेशाका रुपमा रहेको बताउनुभयो । ब्यवसायीको हक हितका लागि नगरपालिकामात्र नभई मात्रै होईन ब्यवसायी पनि आन्तरिक अनुगमनमा जोड दिन सुझाव दिनुभयो । ‘बिश्वासमा कमी आउने काम नगर्नुहोस् ।’–उहाँले भने ।
कार्यक्रममा महासंघका अध्यक्ष लिला बहादुर जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापती कृष्ण भट्टराई, संघका सचिव बलराम पौडेल, कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठले ब्यवसायीको समस्याको बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण पोखरेलले राज्यको नितिनियमलाई पालना गरि ब्यवसाय गर्दै आएको उहाँले बताउनुभयो । सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै सेवा दिएको उहाँले दाबी गर्नुभयो । ९० प्रतिशत कृषिजन्य कच्चा पदार्थ उपयोग गर्ने ब्यवसायीहरुलाई भ्याटबिलको समस्या तथा महङो घरभाडा पनि चुनौतिका रुपमा देखिएको उहाँले बताउनुभयो ।
बिसं २०६२ सालमा स्थापना भएको संस्था ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा समेत अग्रसर रहेको उहाँँले बताउनुभयो । संघको आफ्नैभवन निर्माण गर्न स्थानिय सरकारसंग जग्गाको माग गर्दै आएको उहाँले बताउनुभयो । यसैगरि दक्ष कर्मचारीहरुको अभावलाई पूरा गर्न सिटिईभिटीमार्फत कक्षा संचालन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । यसैबिच कार्यक्रममा संघका आजिवन सदस्य तथा नया सदस्यहरु सम्मानपत्र वितरण गरिएको थियो ।