बुटवल,पुस ७
नेपाल कम्युनष्ट पार्टी ( माओवादी केन्द्र ) रुपन्देही–गुल्मी सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार बुटवलमा भएको भेलाले डा.कृष्ण खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । नव गठित पदाधिकारीहरु गुल्मीका सबै स्थानिय तहबाट समेटेर चयन भएका छन। सचिव हरि पौडेल सर्वसम्मत चयन हुनुभएको छ भने १७ सदस्यीय सचिवालय गठन भएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि तथा पार्टीका स्थायी कमिटी सदस्य गणेश मान पुनले नव गठित समितिले जनताका मुद्दाहरुमा नजिकबाट नियाल्न सक्ने बलियो समिति बनाउन निर्देशन दिनुभयो । उहाँले समितिले पार्टी र दुई जिल्लालाई जनतासंग जोड्ने पुलको काम गर्न र जनपक्षीय काम गर्न समेत सुझाव सदनुभयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि रुपन्देही जिल्ला संयोजक निर्मल जिसिले समिति निर्माण गर्नुको उद्धश्य माथी प्रकाश पार्दै रुपन्देही र गुल्मीको पार्टि सगँ समन्वयकारी भुमिका बढाउने यस समितिको मुख्य काम रहेको बताउनुभयो । उहाँले गुल्मीको बिभिन्न कला संस्कृतको पनि जगेर्ना गर्ने र गुल्मिको पहिचानलाई पनि प्रचार गर्ने पनि यो समितको भुमिका रहने बिश्वास ब्यक्त गर्नुभयो । जिसिले पार्टीका समर्थक र शुभचिन्तक लगायत सबै छुटेका साथीहरुलाई पार्टीमा जोड्ने र कोही पनि साथीहरु कमिटी बिहिन नहुन भन्ने उद्धश्यले रुपन्देहीको पार्टिले यो समिति गठन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) निकट गुल्मीमा घर भई हाल रुपन्देही जिल्लामा बसाई सराई गरी आएका र मतदाता नामावली पनि रुपन्देहीमै रहेकाहरु मात्रै उक्त समितिमा आवद्ध रहेका छन । बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेका नेतृत्व पङ्क्ति सबैलाई समेट्ने गरी पार्टिलाई सहयोग गरेका बिभिन्न पेशा व्यवसायमा संलग्न सबैलाई जोड्ने गरी समिति गठन गरिएको सोहि कार्यक्रमका आयोजक तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठले बताउनुभयो । श्रेष्ठले नवनवगठित समिति रुपन्देही पार्टिको बलियो खम्बाको रुपमा उभिनेबिश्वास ब्यक्तm गर्दै रुपन्देहीको पार्टी सगँ समन्वय गरी सहकार्य गर्ने बताउनुभयो ।