Hamroprayas
दुधौली नगरपालिका सिन्धुलीमा महिलालाई सीपमूलक तालिम 

बुटवल,पुस ९
दुधौली नगरपालिका,सिन्धुलीले वडा नं ११ का बेरोजगार महिलाहरुलाई १५ दिने सीपमूलक तालिम दिई स्वरोजगार गराउने भएको छ । सो पालिकाले संघीय ससर्त अनुदान अन्तर्गत रहेर गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

उक्त कार्यक्रमभित्र रहेर पालिकाले वडा नं. ११ को मैनीमा १० जना महिलाहरुलाई डलकुसन तालिम दिएको छ । १५ दिनसम्म सञ्चालन गरिने उक्त तालिममा संगम गोले,तामाङले सहजीकरण गर्नुभएको छ । साथै सोही वडाका शनिवारेमा घरेलुको सेनेटरीप्याड बनाउने तालिमको आयोजना भइरहेको छ । उक्त तालिममा स्थानीय १० जना महिलाहरुलाई यशोदा सुवेदीले तालिम दिनुभएको छ  । 

 

तालिमको आर्थिक एवम् प्राविधिक सहयोग दुधौली नगरपालिकाले गर्दै आइरहेको उद्यम विकास सहजकर्ता रोजी राना,लामिछानेले बताउनुभयो ।  स्थानीय महिलाहरुले सीप सिक्दै स्वरोजगारी हुने रोजीले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update