Hamroprayas
तिलोत्तमाको  विश्वशान्ति आधारभूत बिद्यालयमा कृष्णलक्ष्मी अक्षयकोष स्थापना

तिलोत्तमा,
तिलोत्तमाको  विश्वशान्ति आधारभूत बिद्यालयमा स्वर्गीय कृष्णप्रसाद भट्टराई र लक्ष्मी भट्टराईको स्मृतीमा कृष्णलक्ष्मी अक्षयकोषको स्थापना गरिएको छ । 

तिलोत्तमा ९ अवस्थित विश्वशान्ति आधारभूत बिद्यालयमा स्वर्गीय भट्टराईकी छोरी सपना भट्टराई र ज्वाई शिव खनालले बिहीबार एक कार्यक्रमका विच अक्षयकोष स्थापनाका लागि २५ हजार रकम हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा अन्य कुरामा खर्च गर्नुभन्दा विद्यालयमा राखेको अक्षयकोषबाट विपन्न वर्गका बालबालिकाको शिक्षामा केही न केही सहयोग पुगोस भन्ने उद्धेश्यले अक्षयकोषलाई माध्यम बनाएको सपना भट्टराईले बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक डोलराज पाण्डेले अक्षयकोषको स्थापना गरेर पुन्य काम गरेको भन्दै धन्यवाद दिनुभयो ।

त्यस्तै अध्यक्ष हरि पाण्डेले ब्यक्तिको मरणोपरान्त प्रयोगमा नआउने भाडा तथा अन्य स्थानमा दानपुण्य भनेर गरिने  खर्च भन्दा पनि सवैको भविश्यसंग जोडिएको शिक्षा क्षेत्रमा लगानी गर्न सके वास्तविक समाज र मुलुक  परिवर्तनमा टेवा पुग्नेमा जोड दिनुभयो । पाण्डेले आफ्नो कार्याकालमै विद्यालयको अक्षयकोष बढाएर १० लाखसम्म पुर्याउने लक्ष्य राखेको समेत बताउनुभयो ।

सपना भट्टराई , शिव खनाल लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा प्रधानाध्यापक पाण्डेले विद्यालयले विदामा विश्वशान्ती डोजो अर्थात करांते प्रशिक्षण पनि सुरु गरेकोे बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update