Hamroprayas
प्रथम राष्ट्रिय  एमजी कप ब्याडमीन्टन २०८० सम्पन्न 

बुटवल,पुस १०
रुपन्देहीमा भएको प्रथम एमजी कप राष्ट्रिय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न भएको छ । सो खुल्ला प्रतीयोगीतामा मेन्स डबल खुल्ला तर्फ बुटवल ब्याडमीन्टन क्लबका बिस्वास नेपाल र गणेस रायमाझीको जाडीले उपाधीमा कब्जा जमाउन सफल भएको हो ।

 द्धितीय स्थानमा लाफा ब्याडमीन्टनका तर्फबाट बिबेक न्यौपाने र मनोज फौजदार त्यस्तैगरी एमजी क्लबका अनील श्रीपाली र सनाउल्ला राईनी तथा स्म्यास ब्याडमीन्टनका एलेक्स क्षेत्री र राजेन्द्र मल्ल तेश्रो स्थानमा चित्त बुझाए सो बिजेता टिमले प्रथम परस्कार नगद ४० हजार कप मेडल ,द्धितीयले २५ हजार कप मेडल तथा तृतीयले १५ हजार तथा नगद सहीत कप मेडल प्राप्त गरे भने भेट्रान तर्फ काठमाण्डौ कालीका क्लबका राम केसी र इन्द्र महताले उपाधी चुम्न सके भने तनहुंका मन बहादुर राना,र तुल बहादुर रानाले दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै फिट एण्ड फाईनका पुरन राना र डम्मर राना तथा तिलोत्तमा ब्याडमीन्टन क्लबका पदम थापा र सुरज गुरुङ्गले तेश्रो स्थानमा आफुलाई उभ्याउन सफल भए यो संगै क्रमश प्रथमले नगद ३० हजार द्धितीयले २० हजार तथा तृतीयले १० हजार सहीत कप तथा मेडल प्राप्त गर्न सफल भए ।

कार्यक्रमको समापन समारोहमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले बिजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे बुटवल उपमहानगरले खेलकुदमा बिभीन्न बिधामा बजेट नै बिनीयोजन गरेर खेललाई प्रोत्साहन गरेको बताउनुभयो । भौतीक बिकाश मात्र नभई मानबीय संसाधनको बिकाश पनी उत्तीकै आबस्यक भएको भन्दै खेलका माध्यमबाट बुटवल चिनाउने प्रयास रहेको मेयर पाण्डेले बताउनुभयो । 

कार्यक्रम महासचिव निल बहादुर कुंवरको सञ्चालन तथा  क्लबका अध्यक्ष राम बहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न भएको हो । 
 प्रतीयोगीता सम्पन्न गर्न सहयोग पुर्याउने सबै प्रती निबर्तमान अध्यक्ष श्रीधर अर्घाली मगरले  धन्यबाद प्रकट गर्नुभयो । सो खुल्ला ब्याडमीन्टन प्रतीयोगीतामा ६४ टिमको सहभागीता रहेको खेल संयोजक बसन्त थापा चर्तीले बताउनुभयो ।
––
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update