बुटवलको नगरसभामा छाडा चौपाया व्यवस्थापनका लागि विधेयक पेश हुने
बुटवल,पुस १०
बुटवल उपमहानगरपालिकाको १३औ नगरसभा बुधबार बस्दैछ । बुधबार दिउँसो २ बजे बस्ने सभामा जलश्रोतसम्बन्धि विधेयक, छाडा चौपाया व्यवस्थापन सम्बन्धि विधेयक जस्ता विधेयक पेश तथा ऐन संशोधन गर्ने कार्यसूची छ।
मंगलबार कार्यपालिका बैठकले नगरसभाका ऐजेण्डा तय गर्दै अर्धवार्षिक समीक्षा, आगामी कार्ययोजनालगायतका विषय सभा पेश गर्ने नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँका अनुसार सभाले चालू आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षका योजनाबारे सभा सदस्यहरूबीच छलफल गरिनेछ ।
कार्यपालिका बैठकले क्रिसमस र यमरि पुन्ही र उधौली पर्वको शुभकामना व्यक्त गरेको छ। बैठकले नगरका योजना सम्पन्न गर्नका लागि वडास्तरमा क्रियाशिलता बढाउनेबारे छलफल गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० २०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय