बुटवल,पुस १०
सारा संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा सोमबार ख्रीष्टियन समुदायले ख्रीष्टमस भव्यताका साथ मनाएका छन् ।
आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। ख्रीष्टमस भित्रि हृदयबाट मनाइने एउटा उत्सव हो । अन्धकारमा भएका मानिसलाई ज्योतिमा ल्याउने र अशान्तिमय जीवन जिइराखेकाहरूलाई प्रेम र शान्तिको सन्देश छरेर शान्तिदाता येशू ख्रीष्टसँग मिलाप गराउने माध्यमलाई ख्रीष्टमस भनिन्छ ।
यसैबिच बुटवल ज्योति चर्चले सोमबार ख्रीष्टमस विशेष कार्यक्रमको आयोजना गरि ख्रीष्टमस उत्सव मनाएको छ । । यस दिनमा विशेष गरि एक अर्कालाई उपहार दिएर खुशी साट्दै येशूप्रभुुको विषयमा एक अर्कालाई सुनाएर मनाउने गरिन्छ । वि.स २०२० सालमा बुटवलमा स्थापना भएको यस क्षेत्रकै सबै भन्दा पुरानो चर्च बुटवल ज्योति चर्चले सविंधान सभाका सदस्य नजिर मियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मियाले सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभयो ।
कायर्मक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य अमृत खड्का र बहुमुखी आश्रीत टोल विकास सस्थाका अध्यक्ष तोयानाथ भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा महिला समूहका पदाधिकारी ,बिभिन्न समाजसेवीहरु खगेश्वर पाण्डे ,अनु थापा, सलोमी पाण्डे, यमुना घिमीरे, रुथ गौतम, जमुना भण्डारी, लाड्ली श्रेष्ठ, भिम थापा, टेक रानाको उपस्थिती रहेकोसंस्थाका सचिव मना पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा अपागंता भएका, बृद्धहरुलाई, बालबालिकाहरु गरि जम्मा २५० जना लाई ख्रीष्टमष्स उपहार उपलब्ध गराईएको थियो भने कार्यक्रममा सन्देशमुलक गीत, नाटक र नृत्य देखाइएको थियो ।बुटवल ज्योति चर्चका वरिष्ठ अध्यक्ष डा. सिमोन पाण्डेले बाइबलबाट प्रवचन प्रस्तुत गरेपछि कार्यक्रम सकिएको थियो ।