Hamroprayas
चिनियाँ टोलीलाई स्वागत

बुटवल,पुस ११
बुद्धजन्मस्थल लुम्बिनीमा भ्रमणमा आएको एक चिनियाँ टोलीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले चिनमा साहित्य सम्पदा क्षेत्रमा काम गर्दै आएका चिरुई सहितको टोलीलाई स्वागत गर्नुभएको छ । 

उक्त अवसरमा कोषाध्यक्ष भट्टराईले नेपाल र चिनविच निकै लामो समयदेखि सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीको खोज अनुसन्धानमा समेत चिनियाँ यात्रुहरुको यात्रा विवरणले महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले चिनमा बुद्धिष्टहरुको संख्या धेरै रहेकाले लुम्बिनी आउनका लागि आग्रह समेत गर्नुभयो । व्यापारिक पृष्ठभूमिका चिरुईले आफुहरु बुद्धको जन्मस्थलसँग जोडिएर काम गर्न इच्छुक रहेको बताउनुभएको थियो । 

उक्त अवसरमा वल्र्ड बुद्धिष्ट रिलिजियस एसोसियशनकाका अध्यक्ष भिमसुवा गुरुङ, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत, वनस्पती शाखा प्रमुख कमलेश वर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update