Hamroprayas
 उद्योग ब्यापार संगठनद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बुटवल,पुस ११
रुपन्देहीको तिलोत्तोमा नगरपालिका वडा नं. ७ भलवारीस्थित प्रभात आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले बुधबार विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको हो ।
संगठनको बार्षिक कार्ययोजना अन्तरगत उक्त विद्यालयका तीन दर्जन गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको कार्यक्रम संयोजक कमला चौधरीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई पोशाक वितरण गर्दै संगठनका अध्यक्ष प्रेमबहादुर घर्तीले संगठनले सामाजिक उत्तरदायित्व पुरा गर्ने विभिन्न कार्यक्रम अन्तरगत विद्यार्थीलाई पोशाक वितरण गरिएको बताउनुभयो । संगठनको सहयोगले जाडोयाममा विद्यार्थीलाई सहज हुने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रितादेवि ज्ञवालीले  सामाजिक उत्तरदायित्व बोध गरेर संगठनले विद्यालयका बालवालिकालाई न्यानो कपडा वितरण गरेकोप्रति आभार ब्यक्त गर्नुभयो ।

आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गरेको उहाँको भनाई थियो । उद्योग ब्यापार संगठनका रविन जोशीले विभिन्न सामाजिक क्षेत्रमा संस्थाले काम गरिहेको भन्दै आगामी साता स्वास्थ शिविर समेत गरिने उल्लेख गर्नुभयो ।
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update