Hamroprayas
नयाँ प्रविधिमा सीप : बुटवलमा अटो श्रमिकहरुका लागि सीप वृद्धि तालिम

बुटवल,पुस १२ 
बुटवल अटो ईन्जिनीयरिङ एशोशियसनले पहिलो पटक अटो क्षेत्रका श्रमिकका लागि सीपवृद्धि तालिम सम्पन्न गरेको छ । अटो क्षेत्रमा कार्यरत ब्यावसायी र श्रमीकहरुले थप सिप मुलक तालिम पाएपछि नयाँ नयाँ प्रकारका सबारी साधनहरु मर्मत सम्हार गर्न आत्मबल बढ्नुका साथै थप आम्दानी लिन सहयोग पूग्ने अपेक्षा गरिएको छ ।  

नेपालकै नमुना भनिएको बुटवल अटो भिलेजका २० जना कामदारहरुले पहिलो पटक नयाँ सेलेवस अनुसार आफ्नो सीपमा निखार ल्याएका हुन् । बुटवल अटो इन्जिनीयरिङ एसोशिएसन मैनाबगरको पहलमा उनिहरुको सीप बृद्धि गर्न नेपालमै पहिलो पटक ९६ घण्टाको सेलेवस तयार गरेर अहिलेको प्रविधीसँग मेल खाने गरि तालिम दिएपछि यहाँका श्रमिकको स्तर बृद्धि भएको छ ।

प्रमुख प्रशिक्षक सि वि थापाले बिएस फोर, बिएस सिक्स जस्ता नयाँ मोडेलका गाडिहरुले कसरी काम गर्छ, अटो क्षेत्रका के कस्ता नयाँ टेक्नोलोजि प्रयोग भएका छन्, त्यसका बारेमा सैद्धान्तिक ज्ञान दिँदा श्रमीकहरुको सीपमा निखार आउने बताउनुभयो । सम्बन्धित विषयमा कार्यरत कामदारहरुलाई बजारको माग अनुसार सीपमा स्तरोन्नति गर्ने उद्देश्यका साथ आयोजित तालिम आयोजना गरिएको थियो । तालिमले कामदारहरुको आम्दानिमा बृद्धि हुनुका साथै सम्मानित रोजगारी पाउने अपेक्षा गरिएको छ ।

    

सस्थाका बुटवल अटो इन्जिनीयरिङ  एशोशिएसनका अध्यक्ष तुल्सी राम न्यौपानेले अहिले नयाँ प्रविधि सेन्सर बेस र बिद्युतीय बेसको रहेकाले त्यस आधारमा तालिम दिदा कामदारमा कार्य क्षमता बृद्धिहुने बताउनुभयो । उहाँले यस्ता तालिम निरन्तर दिन आवश्यक रहेको पनि बताउनुभयो ।

 

तालिममा सहभागि टेकबहादुर कुमालले आफूहरुले अटो क्षेत्रमा काम गदै आए पनि यो तालिमले नयाँ प्रबिधीका नयाँ कुरा सिकाएको बताउनुभयो । दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना अन्तरगत रुपन्देही उद्योग संघ, ईन्सीयोर र हेल्भेटासको सहयोग तथा बुटवल अटो इन्जिनीयरिङ एशोशिएसनको आयोजनामा यो कामदारहरुको लागि थप सीप तालिम गरिएको तालिम संयोजक हिमाल खनालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update