Hamroprayas
बिद्यालयमा जीवन उपयोगी शिक्षा आवश्यक 

बुटवल,पुस १३ 
बिद्यालयका किशोर किशोरीहरुलाई जीवन उपयोगी शिक्षा आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । किशोर किशोरीहरुलाई स्थानीय पाठ्यक्रम जिवन उपयोगी शिक्षा समाबेश गरेर पठनपाठन गराउन सके उनीहरुको भबिष्य निर्धारणमा थप सहयोग पुग्नेमा जोड दिईएको हो । 

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको आयोजना, किडासाको सहयोग र बुटवल उपमहानगरपालिकाको समन्वयमा शुक्रबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुसंग बिद्यालयमा जीवन उपयोगी सीप शिक्षाको निरन्तरता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा परियोजनाको अवधारण प्रस्तुत गर्दै  सेतो गुराँस बाल विकास सेवा रुपन्देही परियोजना अधिकृत चिरञ्जीवि ज्ञवालीले जीवन उपयोगी शिक्षाले किशोर किशोरीमा सकारात्मक सोचको विकास हुने,आत्मबिस्वास बलियो हुने र आफ्नो जिवनको लक्ष्य निर्धारण गर्नसक्ने हुनेछन् भन्ने अपेक्षा गरिएको  बताउनु भयो । बुटवल उपमहानगरपालिका भित्र रहेका १३ वटा माध्यमिक बिद्यालय र २ वटा आधारभुत विद्यालय छनोट गरिएकोमा हाल सम्म यो परियोजनाबाट एक हजार सात सय पचहत्तर किशोर किशोरी संग काम गरेको बताउनुभयो ।    

जसअन्तरगत छात्रा ९५६ र छात्र ८१९ जना छन् । यो कार्यक्रम कार्यक्रम बुटवलका १५ वटा बिद्यालयमा अध्ययनरत कक्षा  ७, र ८ का विद्यार्थीहरुका बिचमा लागु गरिएको छ । हप्ताको एक दिन एउटा  विद्यालयमा कक्षा संचालन गरिएको बताउदै शिक्षालाई सफलतापुर्बक मुलप्रवाहिकरणमा ल्याउने गरि बिषयजस्तै जीवन उपयोगी शिक्षालाई स्थानीय पाठ्यक्रममा समाबेश गराउनुपर्नेमा उहाले जोड दिनुभयो  ।कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख कमला चुदालीले स्थानिय पाठ्यक्रम परिमार्जनको चरणमा रहेकाले  चरणबद्ध रुपमा सुझाव संकलन गरेर पाठ्यक्रम उत्कृष्ट बनाउने तर्फ उपमहानगर अगाडी बढेको बताउनुभयो । चुदालीले अहिले लागु भएको स्थानिय पाठ्यक्रमको कमी कमजोरी सच्याउदै बुटवललाई चिनाउने र बिद्यार्थीलाई अनुशासित गराउने खालका कार्यक्रम लागू गर्न प्रयत्न गर्ने बताउनुभयो ।

सेतो गुराँस बाल विकास सेवा रुपन्देही कार्यकारी  निर्देशक  सुमित्रा शर्माले जीवन उपयोगी शिक्षाले किशोर किशोरीको मात्रै क्षमता, दक्षता लगनशिलता कायम नभएर त्यो परिवारका अन्य सदस्यसंग समेत प्रत्यक्ष जोडिने भएकाले यस्ता बिषयमा स्थानिय पालिका संवेदनशिल हुनुपर्ने बताउनुभयो । शर्माले संस्थाले कोभिड १९ का समयमा पनि   करिब ९०० जना बालबालिकालाई शिक्षा दिएको बताउनु भयो ।

बालबालिकालाई कापि, किताब,कलम,ड्रेस लगायतका सामग्री बितरण गरिएको र अब जाडो समयमा थप केही बिद्यालयमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि आवश्यक पोशाक वितरणको कार्यक्रम रहेको जानकारी दिनुभयो । 
सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका खेलकुद शिक्षा परियोजनाका सुपरभाइजर डालीमाया थापा मगरले बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेर काम गरेको १५ वटा विद्यालयमा शिक्षा संगै खेलकुद कार्यक्रम संचालन गरेको बताउनुभयो । 
कार्यक्रममा उजिरसिंङ माबिका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिमल बहादुर शाक्य ,बुटवल माबि बिद्यालय ब्यवस्थापन समितिका माधव प्रसाद प्रधान, तिलोत्तमा माबिका बिद्यालय ब्यवस्थापन समितिका शिक्षक प्रतिनिधि जयलाल काफ्ले लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।

 सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका अध्यक्ष ओमी पुन , कोषाध्यक्ष कमल न्यौपाने , कार्यसमिति सदस्य रमा थापा लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन परियोजना सहजकर्ता अम्बिका श्रीसले गर्नुभएको थियो ।  , 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update