Hamroprayas
आजको मौसम : लुम्बिनी र गण्डकीको हिमाल भुभागमा हिमपात, तराइमा हुस्सु र कुइरो

काठमाडौं,पुस १५
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हिमपात तथा तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update