बुटवल , कार्तिक ३
बडादशैको दिन नजिकिदै जादा विभिन्न संघसस्थाले शुभकामना आदानप्रदान गरिरहेका छन ।
यसैक्रममा रैनादेबी छहरा गाउँपालिका पाल्पा बल्ढेङगढीमा नेकपा एमाले वडा कमिटी ७ ले शुक्रबार दसैं , तिहार , तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एमाले सांसद ठाकुरप्रसाद गैरेले चाडपर्वहरुले आपसी भाइचारा स्थापित हुने बताउनुभयो ।
नेपालीका पर्वहरुले पारिवारिक , सामाजिक ,सास्कृतिक महत्त्व बोकेको बताउदै सबैले अरुको देखासिकी नगरी मिठो मसिनो खाएर खुशीका साथ पर्वमनाउन आग्रह गर्नुभयो ।
फरक प्रसङ्गमा गैरेले देश अहिलेको अवस्था रहे कठिनहुने बताउदै नेपालीहरुको जनजीवनसंग जोडिएका बिषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय सहभागीले बल्ढेङगढीको शिक्षा स्वास्थ खानेपानी सडकका बिषयमा आ आफ्ना गुनासा राखेको एमाले लुम्बिनी प्रदेश लेखा कमिटी सदस्य झपिन्द्र रायमाझीले जानकारी दिनुभयो ।