Hamroprayas
लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँत प्रत्यारोपण

बुटवल,पुस १८
लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मँगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गईरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय दाँत तथा मुख रोगका सफल उपचारहरु हुँदै आएको थापाले बताउनुभयो । 

सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालमा गुणस्तरीय र अति कम शुल्कमा दाँतका विभिन्न खाले उपचार उपलब्ध हुने थापाको भनाई छ  । मँगलबार पहिलो पटक दाँतको सफल शल्यक्रियासँगै सेवाग्राहीहरु अब निजी स्वास्थ्य संस्थामा धाउनु पर्ने बाध्यता अन्त्य भएको डा. थापाले उल्लेख गर्नुभयो  । शल्यक्रियामा डा. थापाको नेतृत्वमा डा. सम्राट पहाडी, डा. सुचना अधिकारी, डा. नारायण पोखरेल र डा. रिचा भडेलको टोली सहभागी भएको थियो । 

अस्पतालमा ओपीडीतर्फ मेसिसिन, इ एन टि, सर्जिकल, कार्डियोलोजी, न्यूरोलोजी, दन्त तथा मुख रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, हार्डजोर्नी, बाल रोग, आँखा रोग, न्यूरो सर्जरी, युरोलोजी तथा मनोरोग लगायतका उपचार हुँदै आएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update