Hamroprayas
जिल्ला समन्वय समिति रुपन्देहीको ११ औं घुम्ति बैठक कञ्चनमा

कन्चन ,पुस १८
रुपन्देही जिल्ला समन्वय समितिको ११ औं घुम्ती बैठक रुपन्देहीको कञ्चन गाउपालिकामा सम्पन्न भएको छ। जिल्लाका १६ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जिल्लाका बिषयगत कार्यालयका प्रमुखहरुको सो बैठकमा सहभागिता रहेको थियो।

बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले घुम्ति बैठकमा छलफल गर्नु पर्ने बिषय तथा जिल्ला भित्रका समसामयिक बिषयहरुमाथीका प्रस्ताव प्रस्तुत गर्दै घुम्ति बैठकको आवश्यकता र महत्वबारे प्रष्टिकरण गर्नु भएको थियो।

कञ्चनमा भएको घुम्ति बैठकमा जिल्ला समन्वय समितिका संयोजक चपाईले स्थानीय तह अन्तर्गत रहेका सामुदायिक बनहरुलाई व्यबस्थित गरी सामुदायिक बनहरुबाट प्राप्त हुन आउने रकमको कम्तीमा १० प्रतिशत स्थानीय तहलाई उपलब्ध गराउने र स्थानीय तहहरुमा आन्तरिक लेखा समितिको गठन र त्यसको कार्य प्रगतीबारे प्रत्येक स्थानीय तहहरुबाट प्रस्तुती बारे मुख्य प्रस्ताव प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष सुमित्रा आचार्यले सरकारले ल्याएको तेहरो कर बिरुद्ध महासंघ रहेको र प्रदेश र संघिय सरकारका बिरुद्ध तेहरो कर नलिन र लिन नलगाउन सर्बोच्च अदालतले रोक्न लगाउन आदेश दिएको हुँदा समुदायले संरक्षण गरेको बनबाट प्राप्त हुने हरेक उपलब्धीहरु समुदायकै बिकास र क्षमता अभिबृद्धिका लागि लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै बन सम्बन्धी देखा परेका समस्या, उपयोग, संरक्षण, चुनौती र समाधानबारे उठेका सवालहरुबारे जिल्ला डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले बन ऐनमा उल्लेख गरिएका कानुन तथा नियमहरुबारे स्थानीय तहका जनप्रतिनीधिहरु तथा सरोकारवालाहरु समक्ष स्पष्ट पार्नु भएको थियो ।

 बैठकमा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा, देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाल, गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेबि अर्याल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजन, शुद्धोधन गाउपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायतले आफ्नो स्थानीय तह भित्र संचालन गरिने बिभिन्न बिकास योजनाहरुमा अवरोध पार्ने किनार तथा छेउछाउ भएका रुखहरुलाई सहजै रुपमा कटान गर्न पाउनु पर्ने र त्यसका लागि जिल्ला डिभिजन वन कार्यालयबाट आवस्यक सहयोग गर्नु पर्ने जस्ता मागहरु प्रस्तुत गरेका थिए । 

बैठकमा स्थानीय तहमा गठन गर्नु पर्ने आन्तरिक लेखा समिति र त्यसले गरेका कार्य प्रगतीबारे सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर थापा, कञ्चन गाउपालिकाका सागर गौतम, ओमसतियाका विपिन क्षेत्री, सियारीका ऋषिराम पन्थी, मर्चवारीका झविलाल भट्टराई, मर्चवारीका भेषराज पन्थ, सम्मरीमाईका राकेश कुमार चौधरी लगायतले आ आफ्नो पालिकाको आन्तरिक लेखा परिक्षण र त्यसमा देखिएका बेरुजुका बिषयमा जानकारी गराउनु भएको थियो।

कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा सम्पन्न घुम्ति बैठको संचालन जिल्ला समन्वय अधिकारी कमल ज्ञवालीको संचालन तथा कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बैठकमा उपस्थित १६ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगाायत प्रतिनीधिहरुलाई स्वागत गर्नु भएको थियो।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update