लुम्बिनी,पुस १९
लुम्बिनी प्रदेश चेम्वर अफ कमर्सले विभिन्न अन्र्तराष्ट्रिय चेम्बर शाखाहरुसंग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङ स्थित नेपाल हङकङ चेम्वर अफ कमर्स, हिन्दू चेम्वर अफ कमर्स,क्यानडा तथा नेपाल—क्यानडा चेम्वर अफ कमर्सका वीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्वर लुम्विनीका अध्यक्ष टंक प्रसाद पोेखरेलले जानकारी दिनुभयो ।
नेपाल भ्रमणका क्रममा बुधवार लुम्विनी आइपुगेका हिन्दू चेम्वर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्वर अफ कमर्सका प्रतिनिधि र लुम्विनी चेम्वर अफ कमर्सका प्रतिनिधिवीच समझदारी पत्रमा हस्ताक्षर भयो । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सभाकक्षमा भएको भेटवार्तामा लुम्विनी चेम्वरका तर्फबाट अध्यक्ष टंक प्रसाद पोखरेल र नेपाल क्यानडा चेम्वरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्वर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
यसअघि गत महिना नेपाल चेम्वर अफ कमर्स हङ्कङका प्रतिनिधिसंग लुम्विनी चेम्वरका अध्यक्ष पोखरेलले समझदारी गर्नुभएको थियो । उक्त समझदारी पत्रमा हङ्कङ चेम्वरका तर्फबाट सभापति लाल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको थियो । तिन वटै चेम्वरसंग भएका समझदारीमा एकअर्का वीच सहकार्य गर्ने,अन्तरराष्ट्रिय फोरमहरुमा लुम्विनी चेम्वरलाई सहभागी गराउन पहल गर्ने,तालिम,छलफल,गोष्ठी र अन्तरक्र्रियाहरुलाई नियमित बनाउने,अनुभवहरुको आदानप्रदान गर्ने तथा ब्यवसायिक भ्रमणहरु गर्ने समझदारी छ । समझदारीमा लुम्विनी प्रदेशमा रहेका ब्यवसायिक सम्भावनाहरुको प्रबद्र्धनका लागि सहयोग गर्ने सहमति समेत भएको छ ।
त्यस्तै एकअर्काका आधिकारीक सामाजिक सञ्जालहरुमा चेम्वरले गरेका गतिविधि,घटना,समाचार लगायतका सामग्री सेयर गर्ने सम्झौता समेत भएको छ । समझदारीपछि अनुभव आदानप्रदान गर्दै लुम्विनी चेम्वरका तर्फबाट अध्यक्ष पोखरेलले यहां पर्यटन,कृषि लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको वताउंदै आफुहरु यहांको पर्यटन प्रबद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा उपस्थित लुम्विनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामाले क्यानडाबाट लुम्विनी भ्रमणमा आएका पाहुनाहरुलाई लुम्विनीको महत्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्नरराष्ट्रिय विमानस्थलका नायव महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्विनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्विनी ल्याउने वातावरण बनाउन आब्हान गर्नुभयो ।
क्यानडाका तर्फबाट सहभागि प्रतिनिधिहरुले पनि बुद्ध जन्मस्थल लुम्विनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रबद्र्धनका लागि आफुहरु सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्वरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सवै मिलेर प्रबद्र्धन गर्न र लाभ लिन सकिने बताउनुभयो ।
हिन्दू चेम्वर अफ कमर्स क्यानडाका अध्यक्ष नरेश चावडाले लुम्विनीमा पाएको स्वागत,सत्कार र आतिथ्यताले आफुलाई लोभ लागेको वताउनुभयो । चेम्वर लुम्विनीसंगको समझदारीलाई नयां उचाइमा पुर्याउन आफु तत्पर रहने प्रतिक्रिया दिनुभयो । आगामी दिनमा लुम्विनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफुहरुको चाहना रहेको बताउंदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकहरुलाई सिधै लुम्विनी भ्रमणका लागि आब्हान गर्न सजिलो हुने धारणा राख्नुभयो ।
लुम्विनी चेम्वर अफ कमर्सका महासचिव जे.पी कंडेल,तिलोत्तमा चेम्वर अफ कमर्स,भैरहवा चेम्वर, परासी चेम्वर र पाल्पा चेम्वरका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागि थिए । क्यानेडियन चेम्वरको टोली लुम्विनी भ्रमण पश्चात आजै भारत प्रस्थान गरेको छ । टोलीले भारत पछि वंगलादेश र श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम छ ।