नयां नोट !!
तिमीले पहिले बिग्रेका सम्बन्ध सपार्थ्यौ
यो पाली बनेको सम्बन्ध पनि बिगार्यौ ।।
न त तिमी ठुलो मुल्यमा बिक्छौ
न त तिमी गएको ठाउंमा धेरै टिक्छौ
तिमीलाई नपाउंदा हिजो दिदीले चुस्स सुनाईन
आज आमाले मन दुखाईन ।।
ठुलो घरमा मात्रै तिम्रो लेनदेन चल्याछ
नयां छैन सफा छ भन्दै यता मन गल्याछ
बुझ्न जरुरी छ नोटको जीवन
हातमा थुक लाउंदै बैंक कर्मचारीले
सुरु गरिदिन्छ फोहोरको यात्रा
तेही नोट दशैको टिकाले रंगिन बनिदिन्छ
कहिले मासु पसलमा पुग्छ
आलो रगतले भिझीदिन्छ
नोट कहिले पुग्छ बिरामीको हातमा
रुघा खोकी र सिंगानमा लत्पतिन्छ नोट
कहिले पुग्छ साहु महाजनकोमा
कहिले कांही त गरिबसंग पनि पुग्छ
आंशु र पसिनाले भिजीदिन्छ नोट
यात्राकै क्रममा त्यही नोट भक्तकोमा पुग्छ
सुद्द बनिकन भगवानलाई चडिदिन्छ नोट त्यही नोट
भगवानकोमा भेटी बनिदिन्छ दुषित मनलाई उक्साउने नेति बनिदिन्छ
बेरी गांजा चुरोट सल्काएर ठेटी बनिदिन्छ
मनलाई आक्रान्त बनाउने तिमी नोट
मनलाई शान्त बनाउने पनि तिमी नोट
यो दशैको बेला पारेर तिम्रो आयु
घटाईरहेछन यहां
तिमी चुपचाप भित्रै बस्ने गर
तिमी कागजको खोस्टोमा होईन
डिजीटल्ली अब सबैको मनमा पस्ने गर ।।
लेखक कृषि विकास बैंक प्रादेशिक कार्यालय भैरहवामा बरिष्ठ शाखा प्रमुख हुनुहुन्छ।