Hamroprayas
लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयमा शारिरीक व्यायाम तथा उत्प्रेरणा तालिम

कन्चन ,पुस १९

लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालय, कञ्चन ५, गरगरे रुपन्देहीमा बिहिबार तिन दिवसिय व्यवस्थित शारिरीक व्यायाम तथा उत्प्रेरणा तालिम सम्पन्न गरिएको छ।बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरुका लागि अनुशासन, आत्मसंयमता, सहनशिलता र धैर्यतामा मानसिक तथा शारिरीक रुपमा सफल र आनन्दमय बनाउने उद्धेश्यका साथ यही मंगलबार देखि तिन दिनसम्म शारिरीक व्यायाम तथा उत्प्रेरणा तालिम संचालन गरिएको थियो।

राष्ट्रिय पिटी अभियान्ता तथा लुम्बिनी खेलकुद परिषदका सदस्य हरिश वलीले तिन दिवसिय तालिममा नियमित शारिरीक व्यायामको आवस्यकता, महत्व र जिवनमा प्राप्त हुने सफलता र आनन्दबारेमा जानकारी गराउनु भएको थियो। व्यबस्थित शारिरीक व्यायाम गर्नुले स्वस्थ र दिर्घ जिवन प्राप्ती हुने भएकोले नियमित शारिरीक व्यायाम गर्नु पर्नेमा प्रशिक्षक वलीले जोड दिनु भएको थियो।

यसैगरी बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिधार्थीहरुलाई अनुशासन र निरन्तर अभ्यासका लागि शारिरीक व्यायामको महत्व दर्शाएर अनुशासित र लगनशिल बिद्यार्थी सहितको बिद्यालयको परिचया बनाउने प्रयास अनुरुप तालिम संचालन गरिएको बताउनु भएको थियो।यस्तै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलले पाठ्यक्रममा आधारित बिद्यालय शिक्षा सहित अनुशासन र व्यबहारिक ज्ञानको समेत बिधार्थीहरुमाझ डेलिभर गर्न आवस्यक रहेको बताउनु भएको थियो।

कार्यक्रममा अभिभावकहरुको तर्फबाट शिव सुनार र सिता बास्तोलाले बिधार्थीहरुलाई बिद्यालय शिक्षा संगसंगै समय समयमा बिधार्थीहरुका शिक्षक, अभिभावक र ठूलवडाहरुको सम्मान र आदर गर्ने व्यबहारिक शिक्षाको समेत संचालन गर्नु आवस्यक रहेको र त्यसैको परिपुर्ति संगितमय शारिरीक व्यायाम तथा उत्प्रेरणा तालिमले गर्ने विश्वास ब्यक्त गर्नुभयो । 

तालिमको समापनको अवसरमा बिधार्थीहरुले आ आफ्ना अभिभावकहरुलाई फुलमालाले सम्मान तथा पुजा समेत गरेका थिए। प्रशिक्षक वलीले फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गितलाई जिवनमा चरितार्थ गर्नु हरेक बिधार्थीहरुको अनिवार्य जिम्मेवारी र कर्तब्य बोध गराउदै जिवनमा सकारात्मक सोंच र बिचारको बिकास गर्नु पर्ने धारणालाई संस्थागत गर्न सक्ने उत्प्रेरणा प्रदान गर्नु भएको थियो।

तिन दिनसम्म संचालन गरिएको तालिम संचालन गरि आफ्ना नानी बाबुहरुलाई असल ब्यबहारको शिक्षा प्रदान गरेकोमा अभिभावकहरुले बिधालयको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत रचनात्मक कार्यहरुलाई निरन्तरता दिन सेमत आग्रह गरेका थिए।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक बालकृष्ण पराजुलीले स्वागत गर्नु भएको थियो भने शिक्षक एकराज ज्ञवालीले कार्यक्रम संचालन गर्नु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update