पुस २१ ,
देवसिद्घ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बुटवल ११ देवीनगरको १२ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष भरत पाठकले बार्षिक प्रगति तथा कार्य योजना प्रस्तुत गर्दै मासिक रुपमा लिदै आएको १० युनिट बरावरको न्युनतम शुल्क १ सय १० मा २० रुपया कटौती गरी रु ९० कायम गर्ने जानकारी दिनुभएको छ । त्यस्तै खानेपानी उपभोक्तालाइ गम्भिर रोग लागेमा वा निधन भएमा ५० हजार राहत रकम प्रदान गर्ने प्रस्ताव समेत भेलाले पास गरेको छ । अध्यक्ष पाठकले उपभोक्तको स्वाथ्य तथा सुविधालाई ध्यानमा राखेर काम गर्ने बताउनुभएको छ । हाल संस्थामा १ हजार २ सय ८० खानेपानी र सरसफाईका सदस्य रहनुभएको छ ।
साथै भेलाले कोषाध्यक्ष डम्बर बहादुर थापाले प्रस्तुत गर्नुभएको काषाध्यक्षको प्रतिवेदन र सचिव लोकराज शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि छलफल गरी पास गरेको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी डिभिजन खानेपानी तथा सरसफाइ कार्यलय रुपन्देहीका अध्यक्ष राजकुमार चौधरीले आम रोग मध्य ८० प्रतिशत रोग पानीको कारणले लाग्ने हुदा मुलबाट मुख सम्म शुद्धता र सरसफइमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले संस्थाको संरक्षण र सम्बद्र्धन गर्नु सबै उपभोक्तको कर्तव्य रहेको बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगर पालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थाले खानेपानी तथा अन्य सामाजिक कार्यमा पनी उत्कृट कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा खानेपानी महासंघका जिल्ला अध्यक्ष धुब्र धिताल ,संस्थाका सल्लहाकार जीवलाल बस्याल , संस्थापक अध्यक्ष भक्त बहादुर केसी ,बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरज भट्राई , दिपावली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद न्यौपाने , बुटवल उपमहानगर नगर कार्यपालिका सदस्य कृष्ण बहादुर सुनार , पश्चिम कालिकानगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष पारसमणी भण्डारी , जानुका अर्याल , मन्जु खड्का , उपभोक्ता प्रतिनिधी दुर्गा थापा ,विश्वबन्धु न्यौपाने लगाएतले बोल्दै संस्थाले लिएको जीवनका लागि पानी , स्वस्थ र सभ्यताका लागि सरसफाइ भन्ने नारालाइ पुरा गर्ने काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सेक्टर नम्बर ५ का संयोजक स्वर्गीय डोलराज न्यौपानेलाई मृत्यु पछि सम्मान गरेको छ । उहाँका छोरालाइ रु २५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै ३५ जना जेष्ठ उपभोक्तालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका सहसचिव माया बेलवासेको स्वागत तथा सचिव लोकराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।