Hamroprayas
गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजको अध्यक्षमा केशवराज पन्थ 

बुटवल, पुस २२
गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजको १२ औ साधारण सभा तथा छैठौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिबेशनले केशवराज पन्थको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो  । 

जसको उपाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने ,सचिवमा अर्जुन भण्डारी ,सह ) सचिवमा भुपेन्द पन्थ ,कोषाध्यक्षमा सालीकराम न्यौपाने , सदस्यमा सरस्वती पन्थ ,सुशिला पोखरेल ,योगेन्द्र कण्डेल , हरी प्रसाद कण्डेल ,सुमन पाण्डे , धनश्याम पोखरेल ,माधव पन्थ ,लक्ष्मीराज पन्थ, कमल खनाल ,श्रीधर ज्ञवाली , तिलक न्यौपाने ,रुक्मागत न्यौपाने , अनिल भण्डारी सुविन्द्र अर्याल ,राहुल न्यौपाने ,हरिकुष्ण सुबेदी चयन भएको निर्वाचन मण्डलका संयोजक टिकाराम न्योपानेले जानकारी दिनुभयो ।  

निर्वाचित नयाँ कार्यसमितीलाई निर्वाचन संयोजक टिकाराम न्यौपानेले सपथग्रहण  र निर्बतमान अध्यक्ष माधव ज्ञवालीले खादा, सल्लाहकार ऋषि भण्डारीले अबिरले सम्मान  गर्नुभएको थियो  । छत्रकोट गाउपालिका वडा नम्बर ४ गुल्मी दिगामका वडा अध्यक्ष गुणाकर ज्ञवालीले बोल्दै एक अर्काको प्रतिस्पर्धा भन्दापनि मित्रताको भावना साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ज्ञवालीले आफ्नो जन्मभूमि भन्दा बाहिर बसेर पनि आफ्नो गाउँ ठाउँको विकासमा चासो राख्न सकिने र सहयोग गर्न सकिने बताउनुभयो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं स्थानिय समाजसेवि फर्सु पाण्डेले बोल्दै आफ्नो गाउँठाउँको विकास निर्माण र एकजुट भएर लाग्नुपर्ने शुभकामना ब्यक्तm गर्नुभयो ।  

कार्यक्रममा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकालाई सम्मान गरिएको थियो । यसभन्दा अगाडी संस्थाका अध्यक्ष माधव ज्ञवाली र कोषाध्यक्ष लक्ष्मण पाण्डेको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update